नेपाली कांग्रेस लिखु गाउँपालिकाको भेला सम्पन्न

विदुर खबर २०७७ असार ८ गते १६:०३

नुवाकोट । नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाको अन्तरक्रिया सम्पन्न भएको छ।

Advertisement

नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाका कार्यबाहक अध्यक्ष बिनोदप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति तथा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा सम्बोधन गर्दै क्षेत्रीय सभापति तथा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले गाउँपालिकाले मंगलबार सार्वजनिक गर्ने बजेटमा कसरी असाहय,दलित र विपन्न समुदायलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

त्यस्तै भेलामा सहभागि भएकाहरुले वडा अध्यक्षहरुले आगामी आर्थिक वर्षको बजेट कोरोनाकेन्द्रित बनाउनुपर्ने बताएको वडा जम्बर १ का वडाध्यक्ष नरहरी पाण्डेले बताए । 

Advertisement

कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष्य नरहरी पाण्डे,वडा नम्बर ६ का वडा अध्यक्ष हरिशरण लामिछाने,स्थानीय वडा सभापतिहरूको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया