नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा साउन २५ र २६ मा गर्ने निर्णय

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघको आइतबार बसेको पदाधिकारीको बैठकले साउन २५ र २६ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।
यस अघि बसेको पदाधिकारी बैठकले १५ दिने सूचना निकाल्दै कार्यकारिणी बैठक डाक्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम सोमबार कार्यकारिणी बैठक बस्न लागेको हो।कार्यकारिणी बैठकले पास गरे लगत्तै साधारण सभाको औपचारिक मिति सार्वजनिक हुने छ। साधारण सभाको मिति तोक्न कार्यकारिणी बैठक बस्नु पर्ने प्रावधान छ। असार भित्रैमा साधारण गर्नै पर्ने बाध्यतामा महासंघ रहेकाे छ। यस अवधिमा नगरिए महासङ्घको वैधानिकता सकिने भन्दै पछिल्लो समय बसेको बैठकमा पदाधिकारीले सचेत गराएका थिए। कार्यकारिणी बैठक मार्फत बाधा अड्काउ फुकाउने प्रस्ताव समेत सोमबार पास गरिने प्रधानले बताए।
यस अघि महासंघ साधारण सभा गत वर्षको २०७६ चैत २७ र २८ गते काठमाण्डौमा गर्ने तयारी भएको थियो। तर एकाएक कोरोना सङ्क्रमणको कारण उक्त साधारण सभा अनिश्चित कालको लागि स्थगन गरिएको थियो। आउने साधारण सभामा वरिष्ठ उपाध्यक्षको लागि महासंघकै वर्तमान उपाध्यक्ष किशोर प्रधान र चन्द्र ढकाल दाबेदार रहेका छन्। महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन्।
प्रतिक्रिया