टिमुरेले यातायातले आफ्ना व्यवसायीहरुलाई ४ महिनाको लेवि छुट दिने
विदुर । बिश्वब्यापी रुपमा फैलिएको कोरना भाईरसको कारण सरकारले गत चैत्र ११ गतेदेखि आजसम्म पनि लकडाउन कायम छ । यसको मारमा सम्रग क्षेत्रमा परेको छ पसमध्ये एक हो यातायात्र क्षेत्र ।
सरकारले लकडाउन घोषणा गरेसँगै पुरै सार्वजनिक यातायात क्षेत्र प्रभावित बनेको छ । यस क्रममा यातायात व्यवसायीहरुको आयाआर्जन गर्ने वससेवा अवरोध हुँदा पुरै यातायात व्यवसायीहरु मर्कामा परेका छन । यसै क्रममा नुवाकोटको टिमुरे यातायातले आफुसँग आवद्द भएका यातायात व्यवसायीलाई राहात दिने उदेश्यले चैत्रदेखि असारसम्म ४ महिनाको लेवि छुट दिने निर्णय गरेको छ ।
यातायातका अध्यक्ष प्रकाश जोशीले लकडाउनका कारण पुरै व्यवसायीहरु मारमा परेकोले राहात दिने उदेश्यले आफुहरुले ४ महिनाको शुल्क मिनाहा गरेको बताए । टिमुरे यातायातसँग अहिले विभिन्न २६ जनाभन्दा बढी व्यवसायीहरु आवद्द रहेका छन । लकडाउन अघि टिमुरे यातायातले ३४ ओटा वसमार्फत विभिन्न स्थानमा सेवा दिइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया