नेपाली कांग्रेस विदुर–काठमाण्डौ सम्पर्क समितिद्दारा प्रहरीलाई मेडिकल सामाग्री प्रदान

नुवाकोट । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय नुवाकोटलाइ मेडिकल सामाग्री प्रदान गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा नेपाली काङ्ग्रेस बिदुर नगरपालिका काठमाडौ सम्पर्क समितिले एक कार्यक्रमका बिच प्रहरी नायव अपरिक्षक राजेश थापालाई मेडिकल सामाग्री प्रदान गरेको हो । प्रदान गरिएको मेडिकल सामाग्रीमा ४० लिटर स्यानिटाइजर, ३ सय थान सर्जिकल माक्स र ३ सय थान सर्जिकल पन्जा प्रदान गरिएको बिदुर काठमाडौ सम्पर्क समितिका सभापती प्रदिप सेढाईले जानकारी दिनुभएको छ ।
उहाको अनुसार समाजसेबी रुपेश दाहाल र शुभनारायण कलवारको सहयोगमा उक्त सामाग्री प्रदान गरिएको हो । जिल्ला प्रहरि कार्यलयका प्रहरी नायव उपरिक्षक थापाले विभिन्न दाता मार्फत प्राप्त स्वास्थ्य सामाग्रीको यो विषम परिस्थितिमा काम गर्ने हौसला मिलिरहेको बताउनुभएको छ ।
उहाले प्राप्त सामाग्रीको सहि रुपमा सदुपयोग गरि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाइ समेत प्रदान गर्ने गरिएको बताउनु भएको छ ।
प्रतिक्रिया