जनतालाई राहात हुने बजेट ल्याउ : नुवाकोट कांग्रेस

विदुर खबर २०७७ असार ५ गते २१:३५

विदुर । नेपाली कांग्रेस नुवाकोटले जिल्लाका स्थानिय तहलाई जनतालाई प्रत्यक्ष राहात दिने हिसावले बजेट ल्याउन आग्रह गरेको छ ।

Advertisement

कांग्रेस नुवाकोटले आफु निकट रहेका सात स्थानियतहका प्रमुख र उपप्रमुखहरुलाई पार्टी कार्यालय विदुरमा बोलाएर जनताले प्रत्यक्ष अनुभुती दिलाउने खालको बजेट ल्याउन स्थानिय तहका प्रमुख र उपप्रमुखलाई आग्रह गरेको हो । बैठकमा बोल्दै नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केशीले सबै स्थानिय तहहरु बजेट निर्माणमा जुटेकोले उनीहरुलाई जनतालाई केन्द्रमा राखेर बजेट बनाउन आग्रह गरेको बताए । उनले जनताहरु कोरोना भाइरस र लकडाउनले मारमा परेको भन्दै जनमुखी बजेट बनाउन स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुलाई आग्रह गरिएको बताए ।

बैठकमा सहभागि भएको कांग्रेस निकटका प्रमुख तथा उपप्रमुखहरुले पार्टीले गरेको छलफल सकरात्मक रहेकाले आफुहरु पनि जनताको हितमा रहेर बजेट निर्माणमा जुटेको बताएको बैठकमा सहभागि एक गाउँपालिकाका अध्यक्षले बताएको प्रवत्ता राजु थापाले बताए । काृरोना भाइरस र सरकारले घोषणा गरेको लकडाउनले नागरिकहरुको जनजीवन अस्तव्यस्त भएको भन्दै बजेट जनमुखी बनाउने तयारी भइरहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । स्थानिय तहले यहि असार १० गते बजेट ल्याउन लागेका छन । आगामी आर्थिकम वर्षमा नुवाकोटका अधिकांश स्थानिय तहले कृषि,स्वास्थ्य र शिक्षालाई बढी प्राथमिकता दिएर बजेट बनाउने तयारी गरिरहेका छन ।

Advertisement

छलफलमा काँग्रेस जिल्ला सभापति केसी, जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, कोषाध्यक्ष महेन्द्र थिङ, प्रवत्ता राजु थापा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, समन्वय समितिका सदस्य अभिनव फुयाँल, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, तादीका अध्यक्ष नारायणप्रसाद पाण्डे, म्यागाङका अध्यक्ष आशा तामाङ, किस्पाङका अध्यक्ष छत्र लामाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया