संसदमा गर्जिए हितवहादुर तामाङ, एमसिसीप्रति असहमती
विदुर खबर
२०७७ असार ५ गते २०:५८

नुवाकोट । संघिय सांसद हितबहादुर तामाङले बिहिबार संसदमा बोल्दै नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) प्रति असहमती जनाएका छन ।
एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै सो कार्यक्रमका लागि नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर बजेट उपलब्ध गराएको छ । आयोजनाको प्रमुख कार्यका रूपमा काठमाडौँको नाङ्गलेभारेदेखि बुटवलसम्म ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने रहेको छ । त्यस अन्र्तगत बेलकोटगढी नगरपालिकाको रातमाटेमा स्टेशन तयार हुने छ ।
यस्तै कूल एक सय किलोमिटर लामो सडक पूर्वाधार विकासमा समेत सहयोग उपलब्ध हुनेछ । काम गर्न सहज होस् भनेर नै संघीय संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान रहेको एमसिसीको विषयमा सांसद हितबहादुर तामाङ सकारात्मक देखिएका छैनन ।
सम्बन्धित
प्रतिक्रिया