लिखु गाउँपालिका वडा नम्बर एक वडा कार्यालयको भवन शिलान्यास

विदुर खबर २०७७ असार ५ गते २०:२८

                                    वडा कार्यालयको भवन शिलान्यास गदै जिसस नुवाकोटका प्रमुख सन्तामान तामाङ ।

ढिकुरे । लिखु गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको आज शिलान्यास गरिएको छ ।

Advertisement

वडा कार्यालयको शिलान्यास जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ,गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ,गाउँपालिकाकी उपप्रमुख रोजीना राई र वडाअध्यक्ष नरहरी पाण्डेले संयुत्त रुपमा गरेका हुन । जिल्ला समन्वय समिति नुवाकोट र लिखु गाउँपालिकाको सहयोगमा बन्न लागेको वडा कार्यालयको लागत ५९ लाख रुपैयाँ रहेको वडाअध्यक्ष नरहरी पाण्डेले जानकारी दिए । शिलान्यास गरिएको कार्यालयमा ३ कोठासहित एक बैठक कक्ष रहने गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले बताए ।

वडा कार्यालयको भवन निर्माणसँगै साघुरो कोठाबाट वडाले दिँदै आएको सेवा फराकिलो बन्ने र वडाबासीले छिटो र प्रभावकारी सेवा पाउने जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए । वडा कार्यालयको भवन २०७८ साल पुस १० गते सम्म सम्पन्न भइ हस्तान्तरण हुने बताइएको छ ।

Advertisement

वडा कार्यालय निर्माणको लागि स्थानिय धर्मदत्त लामिछानेले एक रोपनी जग्गा निशुल्क दिएका हुन । प्रचलित दररेट अनुसार सो जग्गा एक करोड रुपैयाँ बराबर रहेको छ ।  शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपप्रमुख रोजीना राई,विभिन्न वडाका वडाध्यक्ष, नुवाकोटको उद्योग वाणिज्य संघका सदस्य लक्ष्मण लामिछाने लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया