सदस्यता सिफारिस मनलाग्दी भयो : प्रेस युनियन नुवाकोट

विदुर खबर २०७७ असार ५ गते १५:४२

नुवाकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले नयाँ सदस्यता सिफारिस र सदस्यता नवीकरणको सन्दर्भमा गरेको निर्णयप्रति प्रेस युनियन नुवाकोटले असन्तुष्टि जनाएको छ ।

Advertisement

सञ्चारमाध्यममा क्रियाशिल नयाँ पत्रकारलाई सदस्यता दिने र पेशामा क्रियाशिलहरुको मात्र नवीकरण गर्ने परम्परालाई महासंघले लत्याएको भन्दै प्रेस युनियन नुवाकोटले असन्तुष्टि जनाएको हो । महासंघ आफू अनुकुल गतिविधि गर्न तल्लिन रहेको र गलत नियतको साथ सदस्यता सम्वन्धी निर्णय गरेकोले त्यो निर्णय स्वीकार्य नहुने प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदीले बताउनुभएको छ ।

अध्यक्ष सुवेदीको अनुसार महासंघको सदस्यता सम्वन्धमा तत्काल हस्तक्षेप गरी बास्तविक पत्रकार मात्र सस्थामा रहने र सबैको सम्मानित सस्थाको रुपमा महासंघको शाख बढाउन आवस्यक छानविन प्रक्रिया अघि बढाउन महासंघ केन्द्र र प्रदेश समितिलाई आग्रह गरिएको छ । वुधबार बसेको प्रेस युनियन नुवाकोटको बैठकले ३ वर्ष अघि सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको निर्वाचनमा युनियनबाट निर्वाचित भएका केहि व्यक्तिले सस्थाको लागि भन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकता दिएको समेत आरोप लगाएको छ ।

Advertisement

यस्तो छ प्रेस युनियन नुवाकोटको विज्ञप्ती ।

Advertisement

प्रतिक्रिया