त्रिभुवन त्रिशुली माविको “घर घरमा शिक्षक” अभियान शुरु
नुवाकोट । नुवाकोटको सबैभन्दा पुरानो त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयले घरघरमा शिक्षक कार्यक्रम शुरु गरेको छ ।
लामो समयदेखि लकडाउनका कारण विद्यार्थीहरु विद्यालय आउन नपाएको कारण विद्यार्थीहरुलाई नियमित पढाउने सिकाउने उदेश्यले घरघरमा शिक्षक कार्यक्रम शुरु गरेको विद्यालयका प्रध्यानाअध्यापक महेन्द्र राउतले जाकनारी दिए । लामो समय सरकारले लकडाउन घोषणा गरेसँगै विद्यार्थीहरु मारमा परेको भन्दै विद्यालयले सो अभियान शुरु गरेको विद्यालयले जनाएको छ । पहिलो चरणमा ५ ओटा समुह बनाएर शिक्षकहरु विभिन्न गाउँमा गएको विद्यालयका सहायक प्रध्यानाअध्याक राजेन्द्र दवाडीले बताए । विद्यालयले पहिलो चरणमा एकसाताको लागि सिमुटार,बान्द्रे,त्रिशुली, ढुङ्े,विदुर,रिमालडाँडा, सिमचौर,इन्द्रायण्ी कोलनी,रिमालडाँडा लगायका स्थानमा पुगेर विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गरेर विद्यार्थीलाई पढाउने सिकाउने काम भइरहेको उनले बताए ।
करिव ३ महनिादेखि शैक्षिक क्रियाकलापमा रम्न नपाएका विद्यार्थीहरु समेत घरमै शिक्षक आएर बढाउने थालेसँगै खुशीले गदगद भएको विद्यालयका प्रअ राउतले बताए । विद्यालयले यसअघि नै पाठ्यपुस्तक वितरण गरिसकेकोले विद्यार्थीलाई दिएको गृहकार्यको समेत परिक्षण हुने प्रअ राउतले बताए । शिक्षकहरुले दिएको शैक्षिक परामर्श र गृहकार्यमा सबै विद्यार्थीको रुचि बढेका अभिभावकहरुले बताएका छन । तर केही स्थानमा भिडभाड बढी भएकोले विद्यलालयमै लगेर सामाजिक दुरी कायम गरि पढाउन अभिभावकहरुले जोड दिएका छन ।
त्यस्तै विद्यालयले एकसातापछि अभियानको मुल्याङ्कन गरेर अगाडी बढ्ने विद्यालयले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया