तार्केश्वर-गोर्स्याङ कृषी सडककाे स्तरोन्नति सुरु
नुवाकोट । नुवाकोटकाे तार्केश्वर गाउँपालिका वडा नम्बर ५ गोर्स्याङको मच्चेखोला -संखादेबी- हल्लेफाट ग्रामीण कृषि सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
समाजसेवी एबम गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)ले डोजर लगायतको सम्पुर्ण खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गरेपछि आजैदेेेखि काम सुुुरु भएको हो । सडक स्तरोन्नतिको काम लामो समयदेखी रोकिदा स्थानीयले निकै सास्ती पाएको गुनासो पछि सो क्षेत्रको अबलोकन पश्चात् सहयोग गरेको अधिकारीले बताए । जनतालाइ सहयोग गर्ने यो अभियान जारी नै रहेको उनले बताए ।
सो सडक स्तरोन्नतिका लागि गाउँपालिका र वडा ५ कार्यालयले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ । गाउँपालिकाले यसका लागि ९ लाख बजेट बिनियोजन गरि बिनियोजित रकमलाई समिति बनाएर सम्झौता गर्न भनि अन्तमा सम्झौता नगरी आफ्नालाई जिम्मेवारी दिन खोजेको स्थानीयको आरोप छ ।
विकासमा कार्यकर्ता पोस्ने र आफु मोटाउने जनप्रतिनिधिको सोचले गाउँ विकास कसरी सम्भब होला भन्ने प्रश्न खडा गरेको पनि उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया