ककनी गाउँपालिकाद्धारा किसानहरुलाई मिनिटिलर्स र बोयर बोका वितरण
ककनी । ककनी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा मिनिटिलर्स वितरण गरिएको छ ।
गाउँपालिकाले ८ वटै वडाका किसानहरुलाई ४० वटा मिनिटिलर्स अनुदानमा वितरण गरेको गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ । अघिल्लो बर्ष पनि किसानहरुको माग अनुशार ७० वटा मिनिटिर बितरण गरिसकेको अध्यक्ष लामाले बताउनुभएको छ । ककनी गाँउपालिकाले किसानहरको आयस्तरमा बृद्धि गर्नको लागी ८ वटै वडाका १७ जना किसानहरु छनौट गरी १७ वटा बोयर जातको बोकाहरु समेत शतप्रतिशत अनुदानमा बितरण गरिसकेको छ ।
गाँउपालिकाले किसानहरुको माग अनुशार आगामी दिनमा ५० प्रतिशत अनुदानमा १ सय ६ वटा तरकारी खेतीको लागी टनेल बनाउने योजना रहेको गाँउपालिकाका उपाध्यक्ष सिता खतिवडा लामाले जानकारी दिनुभएको छ । किसानहरुको आयस्तर बृद्धि गराई आफैमा आत्मनिर्भर बनाउनको लागी गाँउपालिकाले गरेको कार्य सराहनिय रहेको ककनी गाँउपालिकाका किसानहरुको भनाई रहेको छ । आगामी दिनहरुमा पनि किसानहरुको लागी गाँउपालिकाले नयाँ योजनाहरु ल्याउने तयारी रहेको अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया