आज जुन १४ अर्थात विश्व रत्तदान दिवस
विदुर खबर
२०७७ जेठ ३२ गते १७:४२
रक्तदान-जीवनदान १८ वर्ष देखि ६० वर्ष सम्मका हरेक स्वस्थ व्यक्तिले प्रत्येक ३ महिनामा १ पटक १ वर्षमा रक्तदान गर्न सक्छ। प्रत्येक मानिसले १८ वर्षदेखि ६० वर्ष सम्म हरेक ३ महिनामा नियमित रक्तदान गर्ने हाे भने एकजना व्यक्तिले जीवनमा १६८ पटक रक्तदान गर्न सक्दछ। रक्तदान गर्ने व्यक्ति कुनै अौषधि सेवन नगरेको हुनुपर्छ।दैनिक ५ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि योदिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमारक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका र्याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु आयोजनागरिंदै आएको छ । रगतको महत्व बुझाउदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता स्वरुप एक नायक अभियानका रुपमा यो दिवस मनाउने गरिन्छ ।
रक्तदानको आवश्यकताबारे जागरुकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरुलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपुर्ति गर्ने रक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।
मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समुह अनुसारका मेल खाने समुहहरुका रगत उनीहरुमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरुको रगतमा कुनै सक्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरुलाई उनिहरुको मेडिकल इतिहास र स्वास्थ्यका वारेमा जानकारी लिइन्छ । सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामीमध्य कतिपयलाई यी कुराहरु पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्नकालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकीएको छ ।
रक्तदानको आवश्यकताबारे जागरुकता बढाउन यो दिवस मनाइन्छ । यस दिवसले नयाँ रक्तदाताका रुपमा युवाहरुलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरुलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपुर्ति गर्ने
यसता रक्तदाताका सीमाहरु देश अनुसार फरक पनि हुन सक्दछन् । रक्तदान नै जीवनदान हो । केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केहि कुराहरुमा पर्न आँउदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरुमा आवश्यक कुराहरु पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो । दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्दछ ।
स्मरण गरौ कि आजको विश्वमा हामीहरु मध्य कोही पनि सुरक्षित छैनौ, हामीहरु सबैजना दुर्घटना वा रोगको शिकार हुनसक्दछौ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्नसक्दछ । हामीहरुले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाँउदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाँउदछ र समाजले अकालमै कोही सदस्य गुमाँउन नपर्ने वातावरण हुन्छ । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एकहिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टरनै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरु वास्तवमै भगवान प्रतिरुपहरु हुन् ।
लेखक मच्छिन्द्रनरसिंह प्याकुरेल हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया