पुर्व अर्थमन्त्री डा. महतद्वारा नुवाकोटका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण
विदुर । नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा.रामशरण महतले क्वारेन्टाइन ब्यवस्थापनको लागि नुवाकोटका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन ।
डा. महतले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको बिभिन्न गाउँपालिकाका प्रमुखहरुसग भेटि स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारी बोधका साथ क्रियाशिल रहन सबै गाउपालिका प्रमुखहरु लाई र स्वास्थचौकि उप–स्वास्थचौकि ,सामुदायिक अस्पताल आयुर्बेद अस्पताल ,गाउपालिका प्रशासनलाई सुझाव समेत दिएका छन् ।डा. महतले शिबपुरि ,दुप्चेश्वर ,तादि ,सुर्यगढि, पन्चकन्या लिखु गाउपालिका का प्रमुख, उप प्रमुख ,वडा अध्यक्ष तथा पाटिका नेता कार्यकर्ताहरुको उपस्थितिमा जिल्लाको विभिन्न गाउँपालिकाहरुमा पुगि स्वास्थ सामाग्री बितरण गरेका हुन ।
गाउँपालिका का सबै वडा तहमा रहेका स्वास्थ्य संस्था र क्वारेन्टाइनको लागि शिबपुरिको अध्यक्ष रामकृष्ण थापा लिखुको अध्यक्ष एंव नेपाली कांग्रेस क्षेत्रीय सभापति धुर्व श्रेष्ठ , दुप्चेश्वरको अध्यक्ष योबिन्द्र सिह तमाङ ,तादिको अध्यक्ष नारायण पान्डे ,पन्चकन्या को अध्यक्ष रमेश तमाङ, सुर्यगढिको अध्यक्ष सन्तवा घले लाई सम्बन्धीत गाउपालिकामा पुगि डा महतले आवाश्यक स्वास्थ्य साम्रागि हस्तान्तरण गर्नुभएको नुवाकोट काँग्रेसका पुर्व जिल्ला सचिव नेता एंव महासमिति सदस्य रमेशकुमारले जानकारी दिएका छन्। सो अवसरमा डा. महतले कोभिड १९ का बिरुद्द सम्पुर्ण बिश्व मानब एक भएर लडनु पर्ने र यस्तो परिस्थितिमा कसैले पनि राजनैतिक आस्था र बिश्वास भन्दा माथि उठेर जनताको सेवा गर्नु पर्ने बताए ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा जिल्ला समन्वय नुवाकोटको प्रमुख सन्तमान तामाङ , युवा नेता एंव महासमिति सदस्य रमेशकुमार,जिसस सदस्य जगदिश फुयाल ,नेका नुवाकोटका नेता बिनोद पाठक , जि पि फाउन्डेसन नुवाकोटको अध्यक्ष रमेशकुमार पाठक , रामेश्वर थापा ,प्रदिप थापा , नेपालि कांग्रेस महाधिवेशन प्रतिनिधि एंव नेविसंघ क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र लगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया