नुवाकोटको ऐतिहाँसिक मन्दिर भैरबि जोखिममा, सडक स्तरउन्नतीको क्रममा टेवा पर्खाल नलगाउदा समस्या भएको स्थानियको भनाई

विदुर खबर २०७५ असार ३१ गते १:३८

विदुर खबर,विदुर÷अविरल वर्षाका कारण यहाँको प्रसिद्ध भैरवी मन्दिर र वरपरको बस्ती जोखिममा परेको छ । विदुर नगरपालिका–२, नुवाकोटस्थित पृथ्वीनारायण शाहकालीन भैरवी मन्दिर आसपासका क्षेत्रमा बर्षतका कारण गएको पहिराले सम्पदा र मानव बस्ती जोखिममा परेको हो ।

Advertisement

विदुर –२ धारापानी क्षेत्रमा बस्ती र नजिकै रहेको भैरवी मन्दिर र मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोलको निवास क्षेत्रसमेत जोखिममा परेको नुवाकोट सम्पदा समाजका अध्यक्ष पुष्कर शर्मा रिमालले जानकारी दिए । विदुर–नुवाकोट–चोकदे सडकको स्तरोन्नतिका क्रममा सडकको भित्ता धेरै काटेर टेवा पर्खाल नलगाइएको कारण पहिरो गएर बस्ती र सम्पदा जोखिममा परेको हो । “मानव बस्ती अहिले नै जोखिममा परेको छ ।

यसलाई तत्काल नियन्त्रण नगरे नजीकै रहेको भैरवी मन्दिरसमेत पहिरोले बगाउने अवस्था आएको छ । सडक स्तरोन्नतिको क्रममा भित्ता कटिङ गर्दा सडकको भित्ता १०÷१२ मिटर अग्लो भएको र टेवा पर्खाल भने दुई मिटर मात्र लगाइएको कारण पहिरो गएको हो । प्रहरीका अनुसार १४ घर पूर्णरुपमा जोखिममा परेको छ । प्रहरीले स्थलगत अध्ययनपछि जोखिममा परेकाहरुको विवरण सार्वजनिक गरेको हो । चौध घरलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी थालिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया