विपन्न परिवारलाई आदर्श जनकल्याण युवा क्लबद्वारा राहत वितरण

विदुर खबर २०७७ जेठ २९ गते ११:१३

नुवाकोट । कोरोना महामारीपछिको लकडाउनका कारण समस्यामा परेका दुई सय ५२ परिवारलाई आदर्श जनकल्याण युवा क्लबले राहत वितरण गरेको छ ।

Advertisement

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले गर्दा जीवनयापन गर्न कठिन भइरहेको अवस्था विदुर सात नंवर वडाका परिवारहरुलाई राहत वितरण गरिएको क्लवका उपाध्यक्ष नारायण प्याकुरेलले जानकारी दिए । स्वीस नागरिकको सहयोगमा नेपाल ड्रिम पाथ ट्रेक्सका सञ्चालक दामोदर प्याकुरेलले राहत सामाग्री उपलव्ध गराएको थियो । क्लवले प्रति परिवार १५ केजी चामल, १ पाकेट तेल, १ पाकेट नुन र २ वटा साबुन प्रदान गरेको सचिव रामशरण प्याकुरेलले बताए । वडामा समस्यामा परेका नागरिकको समस्या समाधानका लागि क्लव निरन्तर रुपमा लाग्ने क्लबका अध्यक्ष भिमसेन बोगटीले बताए । उनले वडा भित्रका मात्र नभइ बिभिन्न जिल्लाबाट कामका लागि वडाभित्र रहेका मजदुरहरुलाई पनि राहत दिएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । २०५३ सालमा स्थापना भएको क्लवले निरन्तर रुपमा सामाजिक कार्यमा काम गरिरहेको छ ।

शिक्षा, स्वास्थ्य, मानवअधिकार, खेलकुल जस्ता प्रत्यक्ष रुपमा सर्वसाधारणसंग जोडिने बिषयमा क्लव आफ्नो काम गर्दै आएको छ । क्लवले २०७६ सालदेखि एम्वुलेन्स सञ्चालनमा पनि ल्याएको छ ।

Advertisement

प्रतिक्रिया