विदुर नगरपालिका वडा ५ का एकसय घरपरिवारलाई राहात वितरण

विदुर खबर २०७७ जेठ २६ गते १०:४६

विदुर । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण दैनिक खाना खान समेत कठिन भएका असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरी गरी गुजारा चलाउनेलाई विदुर नगरपालिका वडा नम्बर ५ को समन्वयमा खाद्य सामाग्री वितरण गरिएको छ ।

Advertisement

त्रिशुली एजि चर्चजको आयोजना तथा कारनेट नेपालको सहयोग वडाभित्र रहेका एकसय घरपरिवारलाई खाद्यान्न वितरण गरिएको विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले जानकारी दिए । वितरण गरिएका सामाग्रीहरुमा चामल, दाल तेल, चिउराा र नुन लगाएत रहेका छन ।

वडा कार्यालयको विशेष पहलमा दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गर्नेहरुलाई प्राथमिकता दिएर राहात वितरण गरेको वडाध्यक्ष चित्रकारले बताए । राहात पाउनेहरु वडाको सिफारिशको आधारमा चयन गरेको त्रिशुली त्रिशुली एजि चर्चजका प्रतिनिधीले बताएका छन ।

Advertisement

प्रतिक्रिया