ब्लडक्यान्सर पीडित नुवाकोट ककनीका गणेश बचाउ अभियान शुरु,आर्थिक सहयोग जुट्न थाल्यो

विदुर खबर २०७५ असार ३१ गते १:०६

विदुर÷ नुवाकोटको ककनी गाउपालिका वडा नं ३ का ब्लडक्यान्सर पिडित गणेशप्रसाद ढुङानाको सहयोगको लागि बचाउ अभियान शुरु गरिएको छ । उनको सहयोगको लागि अभियान शुरु भएसँगै आर्थिक सहयोग समेत जुट्न थालेको छ ।

Advertisement

गणेशप्रसाद अहिले ब्लडक्यान्सर भै भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिरहेका छन । उनको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग अभियान शुरु गरिएको हो । उनलाई सहयोग गर्न भन्दै कुवेतको जुमेरा होटेलमा कार्यरत नेपालीहरुले २१ ह्जार ८ सय १६ रुपैया संकलन गरी पीडितको बैंक खातामा जम्मा गरिदिएको कुवेतस्थित नेपाली गोर्खा समाज जुमेरा होटेलले जनाएको छ ।

Advertisement

ढुङानालाले समेत सबैसँग सहयोगको अपलि गरेका छन । यदि पिडित ढुङानालाई सहयोग गर्न चाहेमा विदुर खबरडटकमकम ुम्पर्क गर्न सक्नुहुनेछ । अथवा गणेशलाइ सिधै आर्थिक सहयोग गर्न निजको बालाजु स्थित जनता बैंकको खातानम्बर ०१६१०४०५३८०५१०१ (गणेश प्रसाद ढुङाना – केशब प्रसाद ढुङाना) वा निजको अभिभाबक केशब प्रसाद ढुङानालाई उहाको मोबाईल नम्बर ९८४३०५६०७८ मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।

Advertisement

प्रतिक्रिया