विदुर नगरपालिकाको प्रकोप कोषमा लक्ष्मी लघुवित्त सहयोग
विदुर । लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड बट्टार शाखाले विदुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १५ हजार रुपैया सहयोग गरेको छ ।
कोरोनाविरुद्ध लड्नका लागि नगरपालिकाले संचालन गरेको कोषमा संस्थाले १५ हजार रुपैयाँ सहयोग गरेको हो । कोभिड १९ को रोकथाम तथा उपचार, असहाय, विपन्न, तथा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुको लागि बन्दाबन्दीको अवधिमा राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको शाखा प्रमुख हरिशरण तिमल्सेना प्रमुख जानकारी दिए । नगरपालिकाकी मेयर गिता दाहाल अर्याललाई चेक हस्तान्तरण गर्दै शाखा प्रमुख तिमल्सेनाले आफुहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको बताए ।
त्यस्तै नगरपालिकाकी उममेयर दाहालले नगरले विपन्न र वास्तविक ज्याला मजदुरीमा निर्भर परिवारलाई सहयोग गर्ने मेयर प्रतिबद्धता जनाइन । उनले सबै एकजुट भएर कोरोना बिरुद्धको अभियानमा उभिएमा कोरोनालाई जित्न सकिने बताइन ।लक्ष्मी लघुवित्तले सातै प्रदेशमा दुई लाख रुपैयाँका दरले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गर्ने केन्द्रिय योजना बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया