विदुर नगरपालिकाको प्रकोप कोषमा लक्ष्मी लघुवित्त सहयोग
विदुर । लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड बट्टार शाखाले विदुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १५ हजार रुपैया सहयोग गरेको छ ।
कोरोनाविरुद्ध लड्नका लागि नगरपालिकाले संचालन गरेको कोषमा संस्थाले १५ हजार रुपैयाँ सहयोग गरेको हो । कोभिड १९ को रोकथाम तथा उपचार, असहाय, विपन्न, तथा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुको लागि बन्दाबन्दीको अवधिमा राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको शाखा प्रमुख हरिशरण तिमल्सेना प्रमुख जानकारी दिए । नगरपालिकाकी मेयर गिता दाहाल अर्याललाई चेक हस्तान्तरण गर्दै शाखा प्रमुख तिमल्सेनाले आफुहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गरेको बताए ।
त्यस्तै नगरपालिकाकी उममेयर दाहालले नगरले विपन्न र वास्तविक ज्याला मजदुरीमा निर्भर परिवारलाई सहयोग गर्ने मेयर प्रतिबद्धता जनाइन । उनले सबै एकजुट भएर कोरोना बिरुद्धको अभियानमा उभिएमा कोरोनालाई जित्न सकिने बताइन ।लक्ष्मी लघुवित्तले सातै प्रदेशमा दुई लाख रुपैयाँका दरले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गर्ने केन्द्रिय योजना बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया