नेपालमा २९ सय १२ पुगे कोरोना संक्रमित

विदुर खबर २०७७ जेठ २३ गते १७:१४

नुवाकोट । नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो पटक २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

Advertisement

देशका विभिन्न स्थानका प्रयोगशालामा पछिल्लो पटक यी संक्रमित थप भएका हुन्। उनका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ।  हालसम्म नेपालमा कोरोना संक्रमण भएका ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया