कोरोना बीमा स्थगित गर्न बीमा समितिको निर्देशन
विदुर खबर
२०७७ जेठ २२ गते २१:०२

नुवाकोट । कोरोना बीमा स्थगित गर्न बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
बीमा समितिले अर्को सूचना नआएसम्मको लागि कोरोना बीमा स्थगित गर्न निर्जीवन बीमा कम्पनीलाई बिहीबार निर्देशन दिएको हो ।पुर्नबीमा नहुँने ग्यारेन्टी भएपनि सामाजिक उत्तरदायित्व भन्दै लहरमा सुरु गरिएको कोरोना बीमा अन्तर्गत निर्जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजीभन्दा बढी दायित्व बहन गरेका छन् ।
सरकारले बजेटमा कोरोना बीमामा ५० प्रतिशत अनुदान दिने र सरकारी कर्मचारीको कोरोना बीमा गर्ने घोषणा गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया