व्यवसाय संचालनको माग गर्दे ककनीका व्यवसायिहरु आन्दोलनमा उत्रिए

विदुर खबर २०७७ जेठ २२ गते २०:४४

नुवाकोट ।  नुवाकोटको ककनी गाँउपालिकाका व्यवसायिहरु आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

व्यवसायिहरुले आफुले नियमित संचालन गर्दै आएका सम्पुर्ण व्यापार ब्यबसाय संचालन गर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिउका हुन् । झण्डै तिन महिना देखी बन्द भएका कारण घरभाडा तिर्न, घर व्यवहार चलाउन समेत अफ्ट्यारो परेको हुँदा निश्चित समय सम्म सबै पसलहरु खोल्न पाउनुपर्ने ब्यबसायीहरुको माग रहेको छ ।  व्यवसायीहरुको माग अनुशार गाँउपालिकाले प्रमुख जिल्ला अधिकारीसंगको परामर्श सहित बिहान नौं बजेसम्म र बेलुकी ५ बजे देखि सम्पुर्ण ब्यापर ब्यबसाय खुल्ने निर्णय भएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ ।

अब ककनी गाँउपालिकामा बिहान नौ बजेसम्म र बेलुका ५ बजेपछि कुनै पनि व्यापार व्यवसाय बन्द नहुने र नगराउने निर्णय भएको गाँउपालिकाका अध्यक्ष लामाले बताउनुभएको छ ।

Advertisement

प्रतिक्रिया