पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्दारा कोरोना राहत कोषमा एक लाख सहयोग
विदुर खबर
२०७७ जेठ २२ गते १७:३०

नुवाकोट । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले कोरोना रोकथाम उपचार तथा राहत कोषमा रकम सहयोग गरेको छ ।
बिहिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रतिष्ठानले एक लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । विश्वनै कोरोना भाईरस महामारी विरुद्ध लडिरहेको समयमा केहि मात्रामा भनेपनि सहयोग पु¥याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुंगेलले बताउनुभएको छ ।
२०७१ साल भदौ ३० गते हृदयघातबाट निधन हुनु भएका तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष पोष्ट बहादुर बोगटीको नाममा गठित प्रतिष्ठानले विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया