शिखर इन्स्योरेन्सबाट कोभिड-१९ बीमा ७७ वटै जिल्लामा , बीमा शुल्क ३ करोड नाघ्यो

विदुर खबर २०७७ जेठ २१ गते २१:४५

नुवाकोट । शिखर इन्स्योरेन्सले ७७ वटै जिल्लामा कोभिड १९ बीमा गराएको छ ।

Advertisement

कम्पनीमा जुम्ला, मुगु, कालिकोट, हुम्ला, बझाङ, दैलेख जस्ता विकट जिल्लाबाट समेत २ हजार भन्दा बढीे नागरीकले कोरोनाभाइरस बीमा गराएका हुन्। कम्पनीको ९० भन्दा बढी शाखाहरुबाट ५७ हजार भन्दा बढी नागरीकको कोभिड–१९ बीमा भएको छ ।

साथै शिखर इन्स्योरेन्स ३ करोड रुपैयाँभन्दा बढीको कोभिड १९ बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । कम्पनीले हालसम्म जेठ १९ गतेसम्म ६ हजार बीमालेखबाट ३ करोड १६ लाख रुपैयाँको कोरोनाभाइरस बीमा शुल्क संकलन गरेको हो ।कोरोनाभाइरस बीमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा २५ प्रतिशत रहेको छ ।

Advertisement

प्रतिक्रिया