नेपालमा सोमबार एकैदिन २ सय २६ जना कोरोना संक्रमित थपिए

नुवाकोट । सोमबार एकैदिन २ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। यो एकैदिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।
नेपालमा ५९ जिल्लामा संक्रमण फैलिएसँगै कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ। सोमबार थपिएका संक्रमितहरुमा सबैभन्दा धेरै दैलेखामा ४१ जना कपिलवस्तुमा ४० जना र सर्लाहीमा ३८ जना रहेका छन्। त्यसैगरि झापामा २ जना, नवलपरासी पूर्वमा ३ जना, सल्यानमा १० जना, जुम्लामा १९ जना र सुर्खेतमा ५ जना संक्रमित थपिएका छन्। त्यसैगरि रौतहटमा १८ जना, बाँकेमा ७ जना, दाङमा ९ जना, धनुषामा ७ जना, महोत्तरीमा २ जना र मकवानपुरमा १ जना संक्रमित थपिएका छन्।
त्यसैगरि सिराहमा ५ जना, उद्यपुरमा १ जना (हाल जनकपुर), कैलालीमा १४ जना, बैतडीमा १ जना, डोटीमा १ जना र कञ्चनपुरमा १ जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको हो। जसमा १६ सय ६७ जना पुरुष संक्रमित छन् भने १३१ जना महिला संक्रमित रहेका छन्।
अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यसैगरी अहिले १५ सय ६९ जना आइसोलेसनमा रहेका छन् भने १ लाख १३ हजार ७ सय ५७ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।
प्रतिक्रिया