बाजुरामा कोरोना संक्रमणका कारण २ बर्षीय बालिकाको मृत्यु

विदुर खबर २०७७ जेठ १८ गते १६:००
फाइल फोटो ।

                                                                 फाइल फोटो ।

बाजुरा । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा राखिएकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Advertisement

बुढिगंगा नगरपालिका एक घर भएका २ बर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको थियो ।  उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरी पठाएको थियो । आईतवार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको शुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको एक श्रोतले जनाएको छ । मृतक बालिकाकि २३ बर्षीय आमालाई पनि कोरोना पुष्टि भएको छ । संक्रमित आमा पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो

बुढिगंगा नगरपालिका १ धुरालसैनमा बिद्यालयको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका उक्क्त बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बताउका छन्

Advertisement

यद्यपी स्वास्थ्य निर्देशनालय औपचारीक पुष्टि भने बेलुकी चार पछि हुने बताएको छ। पछिल्लो समयमा बाजुरामा पनि देनिक पाँच देखि १० गाडी मानिस भारतवाट बाजुरा भित्रिएका छन् । जिल्लाका वास्थ्य संस्था लगायत ९० वटा सामुदयिक बिद्यालयका क्वारेन्टाइनमा भरिभराउ छन् । भारत तथा देशका विभिन्न ठाउँबाट जिल्ला भित्रिएसंगै क्वारेन्टाइन ब्यबस्थापन गर्न अप्ठेरो हुंदैगएको स्थानीयय अधिकारीहरुले बताएका छ्न् ।

Advertisement

प्रतिक्रिया