धादिङमा भीरबाट लडेर युवतीको मृत्यु

विदुर खबर २०७७ जेठ १८ गते ११:०६

धादिङ ।धादिङको नीलकण्ठ नगरपालिका– १ पात्लेमा भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ ।

Advertisement

शनिबार बिहान सवा ८ बजेको समयमा घाँस काट्ने क्रममा भीरबाट लडेर युवती सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।मृत्यु हुनेमा २३ वर्षीया दिपिका गिरी रहेकी छिन् ।

झण्डै १ सय मिटर तल खसेर घाइते भएकी ती युवतीको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया