गुल्मीमा क्वारेन्टाइनबाट भागेर एक व्यक्तिद्दारा आत्महत्या
विदुर खबर
२०७७ जेठ १८ गते ८:१९
गुल्मी । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका–४ का ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी शनिबार मात्रै भारतबाट आएका थिए । उनलाई आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । सो क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया