नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो
विदुर खबर
२०७७ जेठ १७ गते २०:४७

काठमाडौं । शनिबार थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका बिभिन्न ५३ जिल्लामा गरी १८५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमितकको संख्या १४०१ पुगेको छ । हाल संक्रमितहरुको देशभरका बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । जम्मा संक्रमितहरुमा १२ सय ८८ जना पुरुष र ११३ जना महिला रहेका छ ।
सम्बन्धित
प्रतिक्रिया