नुवाकोटको विभिन्न भट्टी पसलबाट घरेलु मदिरा बरामद

विदुर खबर २०७७ जेठ १७ गते १८:४६

विदुर । नुवाकोटको विभिन्न स्थानबाट प्रहरीले आज अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

Advertisement

प्रहरीले कोरोना भाइरसको समयमा सरकारले लागु गरेको लकडाउन उल्लंघन गरि भट्टी पसल संचालन गरेको भन्दै विभिन्न पसलबाट झन्डै ४ सय ५० लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो । बरामद गरिएको सो रक्सी जिल्ला प्रहरी कार्यालयमा खाल्डो खनेर नष्ट गरिएको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

यसअघि पनि नुवाकोट प्रहरीले लकडाउनकै समयमा ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको थियो ।

Advertisement

प्रतिक्रिया