नुवाकोटको विभिन्न भट्टी पसलबाट घरेलु मदिरा बरामद
विदुर खबर
२०७७ जेठ १७ गते १८:४६
विदुर । नुवाकोटको विभिन्न स्थानबाट प्रहरीले आज अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
प्रहरीले कोरोना भाइरसको समयमा सरकारले लागु गरेको लकडाउन उल्लंघन गरि भट्टी पसल संचालन गरेको भन्दै विभिन्न पसलबाट झन्डै ४ सय ५० लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो । बरामद गरिएको सो रक्सी जिल्ला प्रहरी कार्यालयमा खाल्डो खनेर नष्ट गरिएको नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।
यसअघि पनि नुवाकोट प्रहरीले लकडाउनकै समयमा ठुलो परिणाममा अवैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया