बजेट बढी प्रचारात्मक भयो : पुर्व अर्थमन्त्री महत
नुवाकोट । पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको बजेट बढी प्रचारात्मक भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेट पछिको छलफल कार्यक्रममा मन्त्री डा. महतले सरकारले ल्याएको बजेट सरकार जस्तै बढी प्रचारात्मक, बढी आश्वासन रहेको र कार्यान्वयनको पाटो निकै कमजोर हुने भएको बताए ।बजेटले आन्तरिक ऋणलाई बढी जोड दिएको भन्दै त्यसले नीजि क्षेत्रमा जाने तरलता कम हुने उनको तर्क छ ।बजेटले साना तथा लघु उद्यमीलाई दिएको छुट राम्रो भएपनि अन्य क्षेत्रमा गलत निर्णय भएको उनको ठहर छ ।
छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले देशको परिस्थिती अनुसारको बजेट ल्याएको धारणा राखे । ‘चालु आवमा पनि सरकारले ल्याएको बजेटमा घटाएको थियो । त्यसको कारण कोरोना पनि हो । हाम्रो राजस्व पनि उठन सकेन । विप्रेषणमा गिरावट आउने देखिएको छ । त्यसैले अहिलेको बजेट समग्रमा ठिकै छ’ उनले भने । उनले चालु खर्च बढी भएको र रेभिन्यूले त्यसलाई नधान्ने देखिएको पाण्डेको दाबी छ । ‘विप्रेषण कम भएको खण्डमा आन्तरिक ऋण लिएर खर्च गर्नुपर्ने अवस्था देखिएको छ’ उनले भने ।
हरेक वर्ष वैदेशिक सहायत आउने भन्ने तर आवको अन्तिममा आउने र त्यसमा हुने विभिन्न शर्त पालना गर्न नसक्दा देखिने समस्या समाधान तर्फ सरकार सचेत रहने बेला आएको उनको बुझाई छ ।आगामी आवमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि गर्ने भनेपनि त्यसमा धेरै नै चुनौती रहेको पाण्डको बुझाई छ । ‘बजेटको साइज साधुरो बनाउँदै लैजाने, राजस्व कम उठने हुँदा यो निकै चुनौतीपूर्ण छ’ उनले भने ।
बाह्य ऋण, आर्थिक वृद्धि र चालु खर्चमा सरकारलाई धेरै नै चुनौती रहेको छ भन्दै चालु खर्च बढने र पुँजीगत खर्च नहुने समस्या समाधानको विकल्प नरहेको पाण्डेले बताए । अहिले दुधको खपत ३० प्रतिशत मात्रै रहेको र ७० प्रतिशत प्रयोगमा नआएको भन्दै यसमा सरकारले ध्यान दिन आवश्यको बताए ।
अब सरकारले अभिभावको रुपमा काम गर्न आवश्यक रहेको उनको बुझाई छ । सरकारले बजेट मार्फत रि-फाइनान्सको कुरा गरेको, करमा छुट दिने भनेको भन्दै त्यो राम्रो निर्णय भएको पाण्डेले बताए । लकडाउन बढेको खण्डमा राजस्वमा दबाब पर्न जाने भएकाले यो बेला बजेटमा भएका राम्रा कुरा पनि कार्यान्वयन निकै चुनौतीपूर्ण रहेको उनको बुझाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया