रक्सी खाने अखडा बन्दै गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाको कार्यालय, योजना प्रमुख रमाईलो गर्न मात्र नुवाकोट आउँछन

विदुर खबर २०७५ असार ३० गते १२:३०

सुजित भण्डारी ,विदुर÷राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाको कार्यालय रक्सी खाने अखडा बन्दै गएको छ । कार्यलयमा सधैजसो मोजमस्तिको हुँदै आएको छ । कार्यलय प्रमुख सुवोध देवकोटा भने “कामकुरो एकातिर कुम्लो बोकी ठिमितिर” भनेझै कार्यलयमा रमाइलो र मोजमस्ती मात्र गर्न आउँने गरेका छन । कार्यलयमा कामभन्दा बढी मोजमस्ती र मदिरापान हुँदै आएको कार्यलयकै कर्मचारीले नाम नबताउने सर्तमा समेत स्वीकार गरेका छन ।

Advertisement

प्रत्यक शुक्रबार कार्यलयमा सडकसँग सम्बन्धित र आयोजना प्रमुख सुबोध कुमार देबकोटा निकटका कर्मचारीहरुको लर्को लाग्ने गरेको छ । सोमबार देखि बिहिबारसम्म काठमाण्डौ र अन्य स्थानमा पुग्ने आयोजना प्रमुख शुक्रबार भने काठमाण्डौदेखि आफु निकटका कर्मचारीहरु बोकेर नुवाकोट आईपुग्ने गर्छन् । कुनै अपरझट निर्णय र बैठक बस्नका लागी मात्रै कार्यालय समयमा नुवाकोट आईपुग्ने योजना प्रमुख देबकोटा आयोजना प्रभाबित नागरिकहरु र सरोकारवालाहरुले भेट्नका लागी एक साता कुर्नु पर्नेछ । अझै, यता आर्थिक वर्षको अन्तिमतिर लाग्दै गर्दा देवकोटाले काठमाडौं देखिका आफ्नो निकटका सरकारी कर्मचारीलाई बोलाएर कार्यालयमै रक्सी पार्टी दिन थालेका छन् । आयोजनाको काम प्रभाबाकरी नभएको चौतर्फि गुनासो आईरहेको समयमा प्रमुख भने काठमाण्डौ जाँदा र आउदा सडकको अनुगमन गर्छन् ।

राजनितिक पहुँच, र पैसाको प्रयोग गरेर आफलु अनुकुल काम गदेृ आएका योजना प्रमुख पछिल्लो समय कार्यालय समयभित्र नुवाकोटमा देखिन छाडेका छन् । उनी राजनितिक पहँच र पैसा मिलाएको कारण गल्छी–त्रिशूली–रसुवागढी सडक कार्यालयमा प्रमुख भएर आएका हुन् । केही काङ्ग्रेसनिकटका कर्मचारीहरू आउने प्रयास गर्दा उनले माग अनुसारका इच्छा पूरा गरेको कारण ठूलो परियोजना पाएको बताईएको छ । यता, राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको गल्छि त्रिशुली रसुवागढी सडक स्तरउन्नतीमा ठेकेदारसँग पैसा उठाएर खाएको कारण उनले ठेकेदारलाई राम्रोसँग काम लगाउन सकेका छैनन् । सडक स्तरउन्नतीको काम अन्तिममा पुग्नु पर्ने समयमा हाल २४ प्रतिबत मात्रै प्रगती रहेको छ । गल्छि देखि मैलुङ सम्मको सडक स्तरउन्नतीको लागी अहिले निर्माण कम्पनीले काम गर्दै आएका छन् ।

Advertisement

ठेकदारले जहाँ आफूलाई सजिलो हुन्छ त्यही काम गर्दा देवकोटाले सहमति दिन बाध्य भएका छन् । ठेकेदार कम्पनी मार्फत बिभिन्न बाहना र मिलाउने नाममा मोटो रकम असुलेका योजना प्रमुख देबकोटाले ठेकेदार कम्पनीलाई काम लगाउन नसक्दा आयोजना अलपत्र बन्दै गएको छ । निर्माण कम्पनीले चाहे अनुसारको काम योजना प्रमुखले गर्ने गरेका छन् । पछिल्लो समयमा उनले ठेकेदार कम्पनीबाट सडक विभागका कर्मचारी, भौसितक तचथा योजना मन्त्रालयका कर्मचारीहरुलाई मिलाउनु प¥यो भन्दै पैसा उठाउने काम समेत भएको बुझिएको छ । कार्यालयमा २४ जना भन्दा बढि कर्मचारीह्रु रहेका छन् । तर ५÷६ जना भन्दा बढि अहिले सम्म कार्यालयमा कर्मचारी आई पुगेका छैनन् ।

मोजमस्ति र रमाईलोका लागी मात्रै कार्यालय भरिने गरेको छ । कार्यालयमा बुझ्दा योजना प्रमुख सँधै बिभागमा गएको र अन्य कर्मचारी फिल्डमा रहेको जबाफ आउछ । गल्छि त्रिशुली रसुवागढी एउटा यस्तो कार्यालय हो जहाँ काम गर्ने कार्यालय सहयोगी समेत फिल्डमा जान्छन् । कार्यालयका अनुसार । सडकको अवस्था झन्झन् बिगँ्रदै गएको छ । योजना प्रमुख भने बिदाको दिन र रमाईलोका लागी नुवाकोट आँउदा जाँदा सडकको अनुगमन गर्छन् ।

Advertisement

प्रतिक्रिया