नेपालमा कोरोना संक्रमितको संख्या ९ सय ५ पुग्यो

विदुर खबर २०७७ जेठ १५ गते ९:५७

नुवाकोट । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का दुई पुरुष र वर्ष ३९ की एक महिला, गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको देवचुली नगरपालिकाका एक १९ वर्षका पुरुष समेत गरेर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भईरहेको पनि प्रदेश सरकारले जनाएको छ ।उनी भरतुरको कोरोना अस्पतालमा उपचाररत छन् । गणडकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ५५ पुगेको छ ।

Advertisement

त्यस्तै नेपालमा हालसम्म कोरोना उपचारपछि १ सय ८७ जना निको भएर घर फर्किएका छन् । बुधबार मात्र ३२ जना उपचारपछि घर फर्किएका हुन् । भने ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

Advertisement

प्रतिक्रिया