ललितपुरको किष्ट हस्पिटलमा कोरोनाबाट एक जनाको मृत्यु
विदुर खबर
२०७७ जेठ १५ गते ९:५०
ललितपुर । कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बुधबार ललितपुरस्थित किष्ट हस्पिटलमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको बुधबार राती मृत्युभएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए। उनी ‘अल्कोहलिक लिभर डिजिज’का कारण अस्पताल भर्ना भएका थिए।सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृत्यु भएको पुष्टि गरिन्। उनले सामाजिक सञ्जालमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेकी छन्।
कोरोना संक्रमितको मृत्यु भएपछि किष्ट अस्पतालका कर्मचारी र ग्वार्को क्षेत्रका स्थानीय बासिन्दामा त्रास बढेको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ।बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ। बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया