रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

विदुर खबर २०७७ जेठ १४ गते १४:५९

रौतहट । रौतहटको पाँच स्थानका क्वारेन्टाईनमा बस्दै आएका ३५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

Advertisement

उनीहरुमा गरिएको पिसिआर परिक्षणको प्रतिबेदनमा कोरोनाभाईरसको संक्रमण देखिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले सार्बजनिक गरेअनुसार गौर नगरपालिकामा ८ जना, ईशनाथ नगरपालिकामा १६ जना, देवाहि गोनाही नगरपालिकामा २ जना , कटहरिया नगरपालिकामा २ जना र गढिमाई नगरपालिकामा ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यससगै रौतहटमा कोरोनाभाईरसको संक्रमित संख्या १ सय ५ पुगेको छ । भारतका बिभिन्न शहर बाट घर फर्केका उनीहरुमा कोरोना भाईरसको संक्रमण देखिएको हो । सबैजना क्वारेन्टाईनमा बसेको हुनाले उनीहरु बाट समुदायमा जान पाएको छैन । संक्रमितको संख्या बढदै जान थालेपछि स्थानीय तहमै आईसोलेसन कक्षको स्थापना गर्न लागिएको छ ।

Advertisement

प्रतिक्रिया