‘झमक बहादुर’ मा अनुपको यस्तो रुप

विदुर खबर २०७५ असार ३० गते १०:५३
केहीअघि ट्रेलर सार्वजनिक हुँदा दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी भनेर चर्को आलोचना भएको नेपाली फिल्म ‘झमक बहादुर’ को दुई पोस्टर सार्वजनिक भएका छन् ।
पोस्टरले फिल्म कमेडी प्रधान रहेको प्रष्ट हुन्छ । ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’ नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताए । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ । अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।
राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमको छायांकन रहेको यो फिल्म साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया