अस्पतालबाट कोरोना संक्रमित फरार
विदुर खबर
२०७७ जेठ ११ गते १४:४२

नुवाकोट । प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्। संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।
अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन्।अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक-पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया