विदुर नगरपालिकाको कोरोना राहात कोषमा घरेलु लघुवित्तको सहयोग
विदुर खबर
२०७७ जेठ ९ गते १६:२७
विदुर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण राहात कोषमा घरेलु लघुवित्त वित्तिय संस्था बट्टार शाखाले सहयोग गरेको छ ।
लघुवित्तले विदुर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण राहात कोषमा १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । शाखा प्रबन्धक मिनकुमार दाहालले मेयर सञ्जु पण्डितलाई शुक्रवार उक्त रकम हस्तानतरण गरेका हुन् ।कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनका कारण आर्थिक मारमा परेका विपन्न वर्गलाई राहात वितरणका निम्ति सघाउन सहयोग गरेको दाहालले बताए । नगरले विपन्न र वास्तविक ज्याला मजदुरीमा निर्भर परिवारलाई सहयोग गर्ने मेयर पण्डितले प्रतिबद्धता जनाए ।
सबै एकजुट भएर कोरोना बिरुद्धको अभियानमा उभिएमा जित्न सकिने उनको भनाई छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया