विदुर नगरपालिकाको कोरोना राहात कोषमा घरेलु लघुवित्तको सहयोग

विदुर खबर २०७७ जेठ ९ गते १६:२७

विदुर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण राहात कोषमा घरेलु लघुवित्त वित्तिय संस्था बट्टार शाखाले सहयोग गरेको छ ।

Advertisement

लघुवित्तले विदुर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण राहात कोषमा १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । शाखा प्रबन्धक मिनकुमार दाहालले मेयर सञ्जु पण्डितलाई शुक्रवार उक्त रकम हस्तानतरण गरेका हुन् ।कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनका कारण आर्थिक मारमा परेका विपन्न वर्गलाई राहात वितरणका निम्ति सघाउन सहयोग गरेको दाहालले बताए । नगरले विपन्न र वास्तविक ज्याला मजदुरीमा निर्भर परिवारलाई सहयोग गर्ने मेयर पण्डितले प्रतिबद्धता जनाए ।

सबै एकजुट भएर कोरोना बिरुद्धको अभियानमा उभिएमा जित्न सकिने उनको भनाई छ ।

Advertisement

प्रतिक्रिया