पूर्ब स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसी त्रिशूली अस्पतालमा

विदुर खबर २०७७ जेठ ७ गते २०:२९

बिदुर । नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले मंगलबार त्रिशूली अस्पतालमा गरिएको कोरोनाको तिब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि अस्पतालको कोरोना संक्रमण रोकथाम र नियन्त्रण संबन्धि पूर्वतयारीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

Advertisement

बुधबार त्रिशूली अस्पतालमा पुगि नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको प्रमुख स्वास्थ्य संस्थाको पूर्ब तयारीको अवस्था नागरिकको जीवन रक्षाको सवालसंग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशिल रहन अस्पताल प्रशासनलाई सुझाव समेत दिएका छन् । त्यसक्रममा जिल्ला स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरे र त्रिशूली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

यसअघि काँग्रेस नेता केसीको संरक्षकत्वमा रहेको यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले जिल्लाको २ नम्वर निर्वाचन क्षेत्रभित्र पर्ने १८ वटा स्वास्थ्य संस्थालाई ईन्फारेड थर्मोमिटर उपलब्ध गराएको थियो । बिदुर नगरपालिका भित्रका ६ वटा स्वास्थ्य संस्थालाई सदरमुकाम बिदुरमा र किस्पाङ र म्यागङ गाउँपालिकाका १२ स्वास्थ्य संस्थालाई म्यागङको देउरालीमा ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले थर्मोमिटर र मास्कहरु हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया