नुवाकोटका २९ पत्रकारको आरडिटि नेगेटिभ

विदुर खबर २०७७ जेठ ७ गते १७:१५

विदुर । कोरोना भाइरस (कोभिड १९) महांमारीमा निरन्तर रुपमा रिपोर्टिङमा खटिएका नुवाकोटका २९ जना सञ्चारकर्मीहरुको सोमबार आरडिटी परिक्षण गरिएको छ ।

Advertisement

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको समन्वय तथा स्वास्थ्य कार्यालय नुवाकोटको सहयोगमा भएको आरडिटि परिक्षणमा सबैको आरटिडि निगेटिभ आएको हो । आरटिडि परिक्षण गरिएका सबै २९ जनाको नै आरडिटि नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । समाचार सङ्कलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको आरडिटि परिक्षण गरिएको पत्रकार महासंघ नुवाकोटले जानकारी दिएको छ ।

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको समयमा पनि निरन्तर रिपोर्टिङमा खटिई सूचना प्रवाह गर्ने जिल्लाका क्रियाशील सञ्चारकर्मीहरुको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया