धादिङकी कोरोना संक्रमित महिलाको गाउँका सबैको पीसीआर नेगेटिभ

विदुर खबर २०७७ जेठ ५ गते १०:२०

धादिङ। लकडाउन अवधिमा कोरोना संक्रमित बसेको बस्तीका माइती र घर पक्षसमेतको संकलित  स्वाबको पीसीआर परीक्षण नेगेटिभ आएको छ ।

Advertisement

गल्छी प्रहरीले लकडाउन अवधिमा संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर माइती पक्षका १८ जना र र घरतर्फका २१ जनाको सूची तयार गरेको थियो ।  उक्त सूची अनुसार जिल्ला वाग्मती प्रदेशका प्रयोगशाला निर्देशक डाक्टर नारायण कार्कीको नेतृत्वमा आएको समूहले ३६ जनाको स्वाब पीसीआर परीक्षणमा पठाएपछि सबैको नतिजा नेगेटिभ आएको र सतुंगलमा डेरामा रहेका श्रीमान प्रेमबहादुर र छोराको पनि रिपोर्ट नेगेटिभ नै आएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर भुवन पौडेलले बताए ।

 

Advertisement

गल्छीस्थित स्वास्थ्यचौकीमा कार्यरत नर्स र स्वास्थ्यचौकीकै एम्बुलेन्स चालकको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि दुवैको स्वाब पीसीआर परीक्षणको लागि काठमाडौं पठाइएको छ । सोमबार करिब एक जना धादिङका सुरक्षाकर्मी, स्वास्थयकर्मी र सञ्चारकर्मीहरुको आरडीटी परीक्षण गरिने प्रमुख डाक्टर पौडेलले बताए ।

प्रतिक्रिया