प्रहरीको नियन्त्रणमा रहेको गाडी र मदिरा छुटाउन व्यवसायीको दबाब
बट्टार । नुवाकोटको गंगटे बजारमा शुक्रवार विहान प्रहरीले खाद्यान्न बोकको गाडीबाट ५२ बक्स मदिरा बरामद गरेपछि सो गाडी र मदिरा छुटाउन नुवाकोटका व्यवसायीहरु प्रहरी कार्यालय धाउन थालेका छन ।
विशेष गरि नुवाकोट मदिरा व्यवसायी संघ र नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरु प्रहरी कार्यालय र केहीले प्रहरीलाई फोन गरेर सो गाडी र मदिरा छाडिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोट स्रोतले विदुरखबरलाई बताएको छ ।सरकारले लकडाउनको समयमा अत्यावश्यक सवारीसाधनलाई मात्र पास वितरण गरेपछि व्यवसायीहरुले अत्यावश्यक सामाग्री ढुवानीको नाममा लकडाउनको समयमा प्रतिबन्धित सामान समेत नुवाकोट प्रशासनले भोलिदेखि लागुहुने गरि सबै पास रद्द हुने बताएको छ ।
खाद्य सामाग्रीको नाममा मदिरा ओसारपसार गर्नेहरुलाई संक्रमण ऐन अनुसार कारवाही हुने बताइएको छ । बरामद गरिएको सो मदिरा करिव २ लाख रुपैयाँभन्दा बढी रहेको व्यवसायीहरुले बताएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया