नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो

विदुर खबर २०७७ जेठ १ गते ८:२८

नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

Advertisement

सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

बिहीबार (बुधबार) बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।

Advertisement

प्रतिक्रिया