नुवाकोट –काठमाडौं ३४ किमी लामो सुरुङमार्ग चीनले बनाइदिने,सबै तयारी अबस्थामा रहेको जानकारी
नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकभर निर्माण गरिने विभिन्न ७ वटा सुरुङमार्ग मध्ये सबैभन्दा तयारी अबस्थामा रहेको योजनाको रूपमा टोखा–छहरे सुरुङमार्ग भएको सडक विभागले जानकारी दिएको छ ।
विभागका वैदेशिक सहयोग समन्वय महाशाखाका अनुसार चीन सरकारले बनाउन चाहेको यो सुरुङमार्ग नागढुङ सुरुङमार्ग पछिको दोस्रो हुने अनुमान गरिएको छ । निर्माण तयारी र दातृ निकायको चासो तथा सम्भाव्यता सकिएर तयारी अवस्थामा बसेको योजनाको रूपमा यो सुरुङमार्ग रहेको पनि विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जय श्रेष्ठको भनाइ छ ।
चिनियाँ सहयोगमै काठमाडौंदेखि नुवाकोट छहरे जोड्ने सुरुङमार्ग निर्माण गर्ने विषयलाई पनि सडक विभागले प्राथमकिताका साथ अगाडि सारेका र चिनियाँ पक्षले आवश्यक चासो देखाएर अगाडि बढेको जानकारी पनि विभागले दिएको छ ।
काठमाडौं टोखाबाट नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग बनाउन इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन तथा फाईनान्स (इपीसीएफ) मोडलमा चिनियाँ कम्पनीकै प्रस्ताव आइसकेको छ । सरकारलाई इपीसीएफ मोडलमा यो सुरुङमार्ग निर्माण गराउन सडक विभागले सिफारिशसमेत गरिसकेको छ । वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग इपीसीएफ मोडलमा बनाउन उपयुक्त भएको ठहर पनि गरिसकेको छ ।
चिनियाँ कम्पनी (सीएमईसी)ले काठमाडौैंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्गदेखि सडक पनि निर्माण गर्ने गरी प्रस्ताव गरेको उल्लेख छ । यो प्रस्तावमा चार किलोमिटर सुरुङसहितको ३४ किलोमिटर सडक निर्माण गरिदिने उल्लेख छ । चिनियाँ कम्पनीले आवश्यक लागतको ऋण बार्षिक दुई प्रतिशत व्याजदरमै उपलब्ध गराउने गरी प्रस्ताव आएको विभागको भनाइ छ ।
पछिल्लो समय चिनियाँ सहयोगमै रेल र सुरुङ एकैपटक निर्माण हुन्छ कि हुँदैन भन्ने वहस चलिरहेको समयमा सडक विभागले सुरुङको आवश्यकता देखाएको हो । चिनियाँ सहयोगमा नेपालको लागि रेल कि सुरुङ भन्ने बहस चल्न थालेको भएपनि श्रेष्ठले दुबै नेपालको आवश्यकता भएको भन्दै अगाडि बढाउनुपर्ने तर्क दिएका पनि छन् । उनले भने अहिले चिनले बनाइदिने योजनाको रूपमा हामीले प्रस्ताव अगाडि बढाइरहेका छौं । रेल मात्रै भएर हुँदैन सडक र त्यसलाई प्रयोग छिटो र समय बचत गर्नुपर्ने सुरुङ पनि हाम्रो आवश्यकता भएको बुभाइ उनको छ ।
काठमाडौंबाट छहरे निस्कने सुरुङमार्गको प्रयोग गरेर रसुवागढी साढे दुई घण्टामा पुग्ने गरी सडक विस्तारको काम पनि भइरहेको छ । स्थानीय यातायात र छोटो रुटको निम्ति सवारी सञ्चालन गर्न सुरुङ आवश्यकता देखिएको हो ।
गल्छी–त्रिशुली–बेत्रावती–स्याफ्रुबेसी हँुदै रसुवागढी जोड्ने सडक १२२ किलोमिटर हाल सञ्चालमा छ । रिभर बेल्ट प्रयोग गरेर निर्माण भएको यो सडकमा सुरुङ मार्गले ३४ किमी दुरी छोटो बनाउँन सहयोग पुग्ने उल्लेख छ ।
यो सुुरुङमार्ग बनाउँन यस अघि नै एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले संम्भाव्यता अध्ययन गरिसकेको छ । अध्ययनबाट यो क्षेत्रमा सुरुङमार्ग निर्माण सम्भव रहेको पनि उल्लेख छ । यो सुरुङमार्ग निर्माण गर्न भौतिक मन्त्रालयले टोखा–गुर्जेभञ्ज्याङ सडक खण्डहमा सुरुङमार्गको आर्थिक एवं प्राविधिक संभाव्यता अध्ययन गर्न पाँच वर्षे रणनीतिमा उल्लेख गरेको छ ।
रणनीतिमा चालू आर्थिक वर्ष २०७५/७६ बाट विस्तृत सम्भाव्यता अध्ययन सकेर काम सुरु गर्ने उल्लेख छ । प्रारम्भिक सम्भाव्यामा काठमाडौं टोखा सुरुङमार्ग निर्माणमा २७ अर्ब लाग्ने उल्लेख छ । गल्छीबाट रसुवागढी जोड्ने स्तरीय सडकसँगको पहुचका कारण यो सुरुङमार्ग प्रयोग गरेर काठमाडौं चीनबोर्डर साढे दुई घण्टाको यात्रामै तय गर्न सकिने उल्लेख छ । आगामी पाँच वर्ष भित्रै सुरुङमार्गसहितको उक्त सडक निर्माण गर्ने सरकारी योजनासमेत रहेको विभागले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया