रसुवाको लाङटाङ बस्ती संरक्षणका लागी तटबन्ध निर्माण

विदुर खबर २०७७ वैशाख ३१ गते ८:०४

रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ४ लाङटाङमा बस्ती संरक्षणका लागी तट बन्ध निर्माण गरेको छ ।

Advertisement

जलस्रोत तथ सिँचाई विकास सबडिभिजन कार्यालय रसुवाले विनाशकारी भुकम्पले निम्ताएको हिमपहिरोले क्षति पु¥याएको लाङटाङ गाउँमा बस्ती संरक्षणका लागी तटबन्ध निर्माण गरे पछि पुरानो संरचना झै बनेको बस्तीलाई केही असर नपर्ने बताइएको छ । कार्यालयका प्रमुख कृष्ण बहादुर पाण्डेका अनुसार प्रकोप व्यवस्थापन लागी लाङटाङ लागी लाङटाङ बस्ती संरक्षण कार्यक्रम अन्तर्गत ४२ लाख ७५ हजार रुपैयाको लागतमा एक सय ६८ मिटर पर्खाल लगाइएको छ । यस वर्ष हाएको बजेट अनुसार काम गरेको र अझै केही काम गर्न बाँकी रहेको छ अर्काे वर्षको बजेट माग गरिने बताईएको छ । भुकम्पका कारण हिमपहिरो खसेर बस्ती पुरिएको थियो एक सय ७५ जना स्थानिय लगाएत अन्य नेपाली तथा विदेशी गरि करिव पाँच सय जनाले ज्यान गुमाएको थिए ।

गोसाईकुण्ड गाउँपालिका वडा नं. ४ लाङटाङका वडा अध्यक्ष सुप्पा तामाङले भन्नु भयो यस वर्ष अन्न बाली तथा बस्ती संरक्षण गर्न लगाइएको तटबन्धबाट ७० घरधुरी लाभान्वित भएका छन । वर्खाको बेला खोला कटान हुने हिमपहिरो लाई रोक्न र जंगली जनावरलाई रोक्न यसले मदत पुग्दछ ।

Advertisement

यसैबीच रसुवा जिल्ला अदालतमा बालबालिका सम्बन्धि मुद्धा हेर्न बालमनो विज्ञ तोकिएको छ । विगत सात वर्ष देखि महिला बालबालिका तथा जेष्ठ नागरिक कक्ष अन्तर्गत रहेको लैङ्गिक हिंसा नियन्त्रण सन्जालको अध्यक्षको रुपमा काम गर्दै आउनुभएको सुनिता माया गुरुङ गएको मंसिर महिनामा स्नातक तह पास गरेको मध्येबाट उहाँ छानिनु भई दुई महिना बाल अधिकार तथा बाल न्याय सम्बन्धी काठमाण्डौमा प्रशिक्षण दिइएको थियो ।

बाल न्याय सम्पादन कार्यविधि नियमावलि २०७६ ले तोकेको ढाँचामा प्रतिवेदन बुझाउने र बाल इजलासमा न्यायधिस समक्ष आफ्नो राय प्रतिवेदन पेश गर्नु पर्ने छ । प्रशिक्षण सकेपछि गुरुङलाई गएको माघ महिनाको पहिलो साता रसुवा अदालतको बालमनोविज्ञ सुचिकृत गरिएको थियो । बालमनोविज्ञको रुपमा सुचिकृत गरिएको थियो बालमनोविज्ञको रुपमा सुचिकृत गरिएको थियो ।

Advertisement

बालमनोविज्ञको रुपमा सुचिकृत भई हाल उहाँले दुईवटा केशमा राय प्रतिबेदन बुझाई एउटा अभिवाकलाई लगाईएको थियो भने अर्को केश गाईकाटेर मारेको केशमा बालकलाई अदालतले बोलाएको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाउने आदेश भयो । बालमनोविज्ञको रुपमा रसुवा जिल्ला अदालतमा सुचिकृत भई मेरो समेत संलग्नतामा बालसुधार गृहमा रहेका बालकलाई अविभावक समक्ष जिम्मा दिने आदेश भएकोमा न्याय सम्पादनको महत्वपुर्ण भुमिकामा सकारात्मक शुरुवात प्रति उहाँ सुनिता माया गुरुङ गर्व महसुस भएको बताउनु हुन्छ ।

प्रतिक्रिया