लकडाउनको सदुपयोग र जीवनका उकालि–ओरालीहरु

विदुर खबर २०७७ वैशाख ३० गते १४:०१

                                                                           इन्द्र बहादुर पण्डित

मेरो जन्म २०१५ असार १९ गतेका दिन पिता चित्रबहादुर पन्डित र माता हरिमाया ( बेद कुमारी ) पन्डितको कोखबाट बिहानको झुल्के घाममा तत्कालिन शिखरबेशी (१ भेडाबारी हालको दुप्चेश्वर गाउँपालिका (७ मा भएको हो ।

२०३० साल पौष महिनामा ३६ बर्षको कलिलो उमेरमै आमाको मृत्यु भयपछि बाध्यात्मक परिस्थितिमा बर्ष दिनको काम सकियलगगत्तै २०३१ साल फाल्गुन २१ गते तत्कालीन सुन्दारादेबी ( नौबिसे निबासी वीरबहादुर सिटौला र सोमती सिटौलाको एक मात्र छोरी गोमा सिटौलासँग बिबाह भएको थियो । त्यो समयमा मागी विवाह गरियता पनि एक आपसमा मन पराएरनै भएको थियो । हाम्रो ४ र छोरी १ छोरा छन । वि.स. २०३२ साल माघ १६ गते जिल्ला शिक्षा कार्यलय नुवाकोटबाट अस्थायी नियुक्ति प्राप्त गरि श्री च्यान्डाडा प्राथमिक    बिद्यालय शिखरबेशीमा अध्यापन सुरु गरेको थिएँ । र २०३९सालमा स्थायी नियुक्ति प्राप्त गरि करिब ११ बर्ष उक्त बिद्यालयमा प्रधानाध्यापकको हैसियतमा काम गरे । बिद्यालय २०३२ साल पौष महिनामा नयाँ बिद्यालय स्वीकृत भएकोले नयाँ सिराबाट सम्पुर्ण ब्यवस्थापन पक्षका कार्यहरू अगाडी बढाउन परेको थियो । गाउँका अगुवा महानुभाव एबम स्थानिय गाउँबासी,अबिभावक दाजुभाइ दिदीबहिनीहरुको शारीरिक र आर्थिक सहयोगबाट बिद्यालय भवन र अन्य आवश्यकिय सामाग्रीहरुको ब्यवस्थापन हुन सकेको थियो ।पर्याप्त शिक्षकहरुको अभावको बाबजुत पनि पठनपाठन कार्य सन्चालन गर्दै गएकोमा बिस्तारै दरबन्दी थप हुँदै जादा १सय ५० भन्दा बढीनै बिधायार्थीहरु आउने गरेको स्मरण गर्दछु । त्यस बेलाका बिध्यार्थीहरुको नाम लिन पर्दा रामचन्द्र पन्डित , शंकर पन्डित ,निरन्जन आचार्य ,बिष्णु आचार्य , बुद्धि बहादुर तामाङ ,गिता आचार्य ,मार लामा तमाङ आदि नाम गरेका थिए । जस मध्य बिष्णु प्रसाद आचार्य २०४३ साल देखिनै सोही बिद्यालय को प्र.अ पदमा कार्यरत हुनुहुन्छ भने शंकर पन्डित नेपाली सेनाका सहायक रथी(जर्नेल) पदमा कार्यरत छन । केहीको मृत्यु र कसै कसैको पढाइ समेत छाडेको थिए ।

२०४२ सालमा बिदुरको बट्टार बजारमा घर खरिद गरि २०४३ सालमा सपरिवार बसाइँ सराइ गरेर आएपछि जागिर पनि श्री महेन्द्र नि.मा.बि गौरिबेशी चारघरेमा सरुवा भयो । तेहि बेला प्र.अ. दिनेश शाक्य र ब्यवस्थापन समितिको अध्यक्षमा स्व . शिवप्रसाद रिमाल (प्रधानमन्त्री के.पि वलिको सल्लाहकार बिष्णु रिमालको बुवा ) हुनुहुन्थ्यो । २०४५ साल कार्तिक महिना सम्म रहे ,जतिन्जेल सम्म रहे सारा बिध्यार्थी अबिभावक र बिद्यालय परिवारको मन जित्ने गरि रहे । प्रतिनिधिमुलक बिध्यार्थीहरुको नाम लिन पर्दा अम्बिका प्याकुरेल ,मछिन्द्र खड्का,देबेन्द्र घिमिरे ,शिव देबकोटा ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य समेत छन ।

त्यस पछि मेरो सरुवा हामिले नै पहल गरेर ०४५ साल महिना स्वीकृत प्राप्त गरेको युनाइटेड प्राथमिक बिद्यालय बट्टार बजारमा भयो । सुरुमा बिद्यालयले पनि पठाउन नमानेको र स्वयम आफुलाई पनि आउन इच्छा नभएकोले सोही बिद्यालय रहने प्रयास भयो। अन्ततः जिल्ला शिक्षा अधिकारी जिपि दासले सल्लाह सहितको दबाब दिए पछि बाध्य भयर सरुवा भएको बिद्यालय युनाइटेडमा आए । वहाँको सल्लाह के थियो भने यो नगर को मुटु हो ,तपाईं पुरानो शिक्षक भएको नाताले बिद्यालयको चौतर्फी बिकासमा योगदान रहन्छ । आवश्यकता अनुसार दरबन्दीको ब्यवस्था गर्दै जाउला यो बिद्यालय राम्रो बनाउन सकियमा मन्त्रालय बिभागबाट निरीक्षणको लागि आउँदा हामिलाइ देखाउन पनि सजिलो हुन्छ भनेर नै दैलाको बिद्यालयमा सरुवा गरे,मैले के बिराए भन्नु भयो ।

युनाइटेड क्लब भवनमा पठन पाठन सुचारु गर्ने गरि स्वीकृत भएको बिद्यालयको आफ्नो भवन समेत थिएन । घडेरी जग्गाको समेत ब्यवस्थापन गरेर अगाडी बढ्दै जाने क्रममा बट्टार बजार निबासी साहु महाजन,शिक्षाप्रेमी महानुभावहरु र अबिभावक ज्युहरु समेत परिचालितभै कार्य क्षेत्रमा जुट्दा करिब एक डेढ बर्षको अन्तरालमा आवश्य भौतिक पुर्बाधार्हरुको निर्माण कार्य सम्पन्न गरि आफ्नै भवनबाट पठनपाठन कार्य सुचारु गरियो । जे.डि.र सुभेनियर बोर्डिङ स्कुलको मध्य भाग सुकुम्बासी बस्तीमा रहेको बिद्यालय भएतापनी बोर्डिङ स्कुलकै ढाचा काचाबाट थप पाठ्यपुस्तकको ब्यवस्थापन अनि टाइ समेतको युनिफर्म सहित टिम स्प्रीटका साथ अगाडि बढ्दा दैनिक ४ सय ५० जना बिध्यार्थीहरु उपस्थित रहन्थे । गौरिवेशी, मुलथला महारानी डिहिको अलवा जिल्ला प्रहरी कार्यालय, सैन्य तालिम केन्द्र मैथली क्याम्प समेतका मुलुक भरिका जवान तथा अफिसरहरुका छोरा छोरीहरु समेत अध्ययन गर्ने यो विध्यालयको थप बिशेषता थियो । पछि गएर पठनपाठन र भौतिक पूर्वाधार समेतमा जिल्लाको नमुना विध्यालय बन्न सफल भयो । विद्यार्थीहरुको नाम लिन पर्दा अर्जुन पाठक, शुलक्ष्णा पण्डित, कल्पना नेपाली, रामशरण सापकोटा उत्कृस्ठ विद्यार्थी हुन ।

यसरी विध्यालयलाइ छोटै समयमा उपल्लो श्रेणीमा पुर्याउन अग्रणी रुपमा सहयोग पुर्याउनुहुने श्रीधन नारायण चित्रकार, श्री भुवनलाल राजभण्डारी , श्री राम कुमार डंगोल, श्री माधवलाल श्रेष्ठलाई हृदय देखि नै संझन चाहान्छु । त्यसरी नै आफ्नो अमुल्य घडेरि जग्गा उपलब्ध गराउनु हुने स्थानिय उजेली कुमाल, श्री गुणनिधि पौडेललाई समेत हार्दिक आभार प्रकट गर्दछु । मदानपुरसम्म पुगेर निर्माणको लागि काठहरु संकलनमा सहयोग पुर्याउनु हुने शिक्षा प्रेमी लालबहादुर ओझा ज्युसंग मदानपुरमा संगै हिडेको मेरो मानसपटलमा ताजै बनेर रहेको छ । त्यसै गरि चन्दा संकलनको क्रममा सहयोग पुर्याउनु हुने स्व. दिपक थापा, सुवर्ण चित्रकार समेतलाई संझन चाहान्छु।

प्रधानाध्यापकको नाता र निर्माण कार्यको समेत नेतृत्वमा रहदा मलाई सफल बनाउन सहयोग पुर्याउनुहुने शिक्षक साथीहरू श्री रामबाबू डंगोल, श्री सुर्यमान डंगोल, श्री पुर्णमान डंगोल, मैना सापकोटा लगायतमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । संस्था जिवन्त अगाडी बडि रहन्छ। आ– आफ्नो कार्य कालमा कस्ले के कति योगदान गर्यो भन्ने नै महत्त्वपूर्ण रहन्छ। तसर्थ पनि नतिजा देखिने गरि काम गर्न साथीहरूमा आग्रह समेत गर्दछु ।

जागीरको अन्त्यमा दुई पैसा संचित नहुने अवस्थाबाट मुक्त गर्न रास्ट्रिय रुपमै मुलुक भरिका अगुवा शिक्षकहरुको बर्षौको अथक प्रयासको बाबजुत आधिकारिक रुपमा २०३६ चैत्र २९ गते नेपाल रास्ट्रीय शिक्षक संगठन मान्यता प्राप्त गरे देखिनै थप उपलब्धीहरु हासिलका निमित्त संघर्षका कार्यक्रमहरु अगाडि बढाउने क्रममा ०३८ साल मा एकसय ४ दिने लामो हडताल, काठमाडौ जांउ आन्दोलन ,लाल्टिन जुलुस कालोपट्टी जुलुस जस्ता आन्दोलनका चरणहरु सफलता पुर्बक सम्पन्न गर्ने क्रममा पुलिसका लाठी प्रहरी कस्टडी समेतका यातनाहरुको प्रभाह राखिंदैनथ्यो । २०४८ सालमा १७ दिन जिल्ला शिक्षा कार्यलय धर्ना दिई १ बर्ष काम गरेका प्रा.बि,नि.मा.बि र मा.बि तहाका करिब १००० शिक्षकहरु स्थायी गर्ने प्रक्रिया नुवाकोटबाट सुरु भएको थियो । २०४७ सालसम्म पेसागत संगठन एउटै थियो । कृष्ण प्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि नेपाली काङ्ग्रेस समर्थक शिक्षकहरुले संगठन फुटायर नेपाल शिक्षक संघ गठन गरि सकेको अवस्था थियो, त्यस्तो अवस्थामा पनि ५ महिना सम्म शिक्षा कार्यालयको साचो संगठनको सचिबको नाताले मेरो साथमा थियो र शिक्षक स्थायी गर्ने सम्पुर्ण प्रक्रियाहरु सफलताको साथ सम्पन्न गरियो ।
स्मरण रहोस अधिकांस नियुक्ति पत्रहरुमा मेरो र श्याम सुन्दर श्रेष्ठको ह्यान्ड राइटिङ रहेको छ । ने.रा. शि. संगठन सदस्य सचिव हुँदै २०५३ सालमा अध्यक्ष पदमा निर्वा्चित भयको थिए । संगठनको अफिस समेत थिएन । मेरो घरमा रहेको खाट मुनि रहेको एउटा बाकसमा सिमित थियो। आफू अध्यक्ष भएपछी बिदुर नेपाल बैंक अगाडि चोकमा अफिस ब्यवस्थापन गरि रोटेसनको आधारमा जिल्ला शिक्षा कार्यालयबाट शिक्षकहरुको काज स्वीकृत गराई नियमित कार्यालय संचालनमा ल्याउने कार्य भयो । तत्कालै स्थाइ कार्यालयको लागि पहल हुँदा बिदुर कोलोनि निवासी श्री रामहरि रिमाल ( बाजे) ले संवत् स्फुर्थ रुपमा बिदुर १ ढुङ्गेमा रहेको आफ्नो जग्गाबाट कित्ताकाट गरि एउटा घडेरि निसुल्क पास गरेर दिनु भएपछि शिक्षक साथीहरुबाट आर्थिक सहयोग संकलन गरि भवन निर्माणको कार्य अगाडि बढ्यो । भवन निर्माणमा डिभिजन सडक कार्यालयबाट आवस्यक सामानहरु ढुवानी गर्नमा सहयोग पुगेको थियो भने आर्थिक सहयोगको लागि धेरै नेताहरुसंग आह्वान भएकोमा ढलानको समयमा नेपाली कंग्रेसका नेता श्री अर्जुन के. सी. ज्युबाट दस हजार रुपैया नगद सहयोग गर्नु भएको थियो र सहयोग उपलब्ध गराउनु भएकोमा वहा प्रती हार्दिक धन्यबाद र आभार ब्यक्त गर्दछु ।

शिक्षण पेशामा संलग्न रहेकै अवस्थामा परिवारहरुलाई काम दिने उदेश्यले सुलक्षणा स्टेशनारी एण्ड सप्लायर्स नामको फर्म दर्ता गरेको थिए । त्यो नाताले नुवाकोट उध्योग बाणिज्य संघमा आबद्धता थियो र संघको सदस्य ,सचिब हुँदै ३ कार्यकाल महासचिवको जिम्मेवारी पनि सफलताको साथ भुमिका निर्बाह गरेको छु । यस क्रममा शिक्षण पेशाबाट पेन्सन पनि भयको र स्वतन्त्र पुर्बक जीवन यापन गर्ने सोचको साथ २०६० साल बैशाश १ गतेबाट लागू हुने गरि राजिनामा स्वीकृत गराइ सेवा निबृत हुन पुगे । आचरण र ब्यवहारबाट म कम्युनिस्ट छु वा छैन मलाइ थाहा छैन तर पनि म आफुलाई कम्युनिस्ट भन्न रुचाउछु । आन्दोलन के हो भन्ने कुरा १३ बर्षको उमेरमा जे भि हाइ स्कुल क्षेत्रपाटिमा पढ्दा अनुभव गरेको छु सहभागीता समेत जनाएको छु । नया शिक्षा लागू गर्ने सबालमा २०२८ सालमा विद्यार्थीहरुले ठूलो आन्दोलन गरेका थिए त्यस बेला देखि नै म कम्युनिस्टको कित्तामा उभिएको थिए । काङ्ग्रेस कम्युनिस्टहरुलाइ पन्चायतले अरास्ट्रीय तत्व भन्ने गर्दथ्यो। पन्चायतको विरुद्धमा यी दुबै शक्ति आन्दोलनरत थिए । वि.स.२०३२÷०३३ साल तिर विविध सास्कृतिक कार्यक्रमहरुको आयोजना गरि पन्चायतको बिरोध गर्दथे ।गणेश पन्डितलाई २०२६र०२७ देखिनै उपत्यका प्रवेश निषेध गरेकोले गाउँमै बसेर मेलापातो, भारु पर्म आदिको माध्यम बाट कम्युनिस्ट पार्टीको संगठन बिस्तार गर्ने कार्यमा सकृय थिय ।त्यसको पनि प्रभावमा थियो र प्रहरी प्रसासनको अँखा छलेर हुने सास्कृतिक कार्यक्रमहरुमा कलाकारको रुपमा मेरो पनि सहभागीता रहने गर्दथ्यो ।

२०३७÷२०३८ ताकाको कुरा हो,गाउँमै पनि मशाल जुलुस लगायत बिरोधका कार्यक्रमहरु हाम्रो संलग्नतामा हुने गर्दथ्यो ।२०३२÷०३३ तिर जस्तो लाग्छ चितवन बसाइँ सराइ गरेर गएका नातेदारहरु ग्रिहेन्द्रबहादुर थापा , प्रेमवहादुर पन्डित , रामशरण थापा(पाखती रावलको ससुरा ) हरुद्वारा राजाको विरुद्धमा तयार गरेका पर्चाहरु गोप्य तरिका बाट हामी कहाँ आइपुग्थे , अत्यन्त चातुर्यताका साथ मध्यरातमा निश्चित यरियमा छर्ने काम गरिन्थ्यो ।संयोग को कुरा हो २र३ जना हाम्रै गाउँका साथिहरु घरको पैसा झिकेर भारत तर्फ भागेछन । सोही रात पर्चा छरियको थियो ।पैसा सकियपछि २०र२५ दिन पछाडी फर्कदा उनिहरुलाइ प्रहरीले गिरफ्तार गरि अरास्ट्रीय तत्वहरु भनी मुद्धा चलायो ।शारीरिक यातना समेत दियो। पछि साछी सर्ज्मिनमा लग्दा हामी हरुले एक स्वरमा यिनिहरु माथी शंका लाग्दैन भने पछि मुद्दा साथिहरुले जिते। उनिहरु नेपाली कंग्रेसमा बिचार राख्ने साथिहरु थिए ।

त्यस ताका हामी ने.क.पा. चौथो महाधिवेसन संग नजिक थियौं । ०४५ र ०४६ मा हितबहादुर तमाङ युवा लिगको अध्यक्ष हुदा म पनि सो कमिटीको सदस्य थिंए । २०४७ सालमा स्व. मनमोहन अधिकारिले नेतृत्व गरेको ने. क.पा. मार्क्सवादी पार्टिमा प्रवेस गरेको र ने.क पा. मर्क्सवादी र ने.क.पा. मालेबिच तत्कालै एकीकरण भए पछि ए.नेकपामा समावेश भै संगठित सदस्यता प्राप्त गरि पार्टिमा कृयाशिल रहने कार्य भयो । २०५३ मा मनमोहन अधिकारिको ९ महिने सरकारको कार्यकालमा के. पि. वलि नेतृत्वमा देशलाई बार्षिक २२ खरब आम्दानी हुने जस्ता बकमखुसे कुरा गरेर महाकाली सन्धिमा हस्ताक्षर गरे पछि वामदेव गौतमको नेतृत्वमा पार्टी फुटाए पछि ने. क. पा. मालेमा संगठित रहेको र पछि वामदेव गौतम लगाएतकाहरु पुन एमालेमा समावेश भएपछि स्वतन्त्र रुपमा रहेको र ने. क. पा. माओवादीको जनयुद्धलाई आन्तरिक समर्थन गर्दै सदरमुकाममा नै रहेर सक्दो पुर्याउँदै आउने काम भयो।

२०६२ मंसिर महिनामा माओवादी र ७ दलबिच १२ बुंदे सहमती , ०६२ चैत्र २४ गते १९ दिने शान्तिपुर्ण आन्दोलन ( २१ जनाको निधन) पश्चात् २०६३ अषाढ महिनामा मेरो अध्यक्षतामा लोकतन्त्रात्मक गणतान्त्रिक मोर्चाको गठन भयो । गणतन्त्र स्विकार गर्नेहरु बिच बृहत् जमात तयार गरि विभिन्न कार्यक्रमहरुको आयोजना मार्फत विभिन्न शिर्षकहरुमा बहस संचालन जस्ता महत्त्वपूर्ण कार्य गरिएको थियो । यसरी शान्ति प्रकृयाका विभिन्न चरणहरु पार गर्दै पुर्ण रुपमा शान्ति प्रकृयामा आइसके पछाडी ने.क.पा. माओवादी पार्टीको तर्फबाट समानुपातिक तर्फको उमेदवार सिफारिस हुनुको साथै औपचारिक रुपमा ने.क.पा. माओवादी र ने.क.पा. एमालेको बिचमा एकीकरण भै नेपाल कम्युनिस्ट पार्टी बने पछि जिल्ला कमिटी नुवाकोटको सदस्य पदमा रहि कृयाशिल रहंदै आएको छु ।

अन्य सामाजिक सेवाका कार्यहरुमा ०५३र०५४ तिर नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको संचालक समिति सदस्य २०५४ देखि २०७६ सम्म जिल्ला बाल्कल्याण समिती नुवाकोटको सदस्य एक कार्यकाल सचिव, २०६६ देखी निरन्तर उपभोक्ता हित संरक्षण मञ्चको अध्यक्ष भै उपभोक्ताको पक्षमा आवाज बुलन्द गर्दै आएको छु। साथै २०७६ देखि वाग्मती प्रदेशको सदस्य समेत चयन भएको छु । २०६६ पछाडी गल्छीदेखि स्याफ्रुवेसी सम्मको सडकको स्तर उन्नतीको क्रममा पिपलटार र बट्टार देखि ढुङ्गे सम्मको खण्ड फराकिलो बनाउनु पर्दछ भन्ने अभियानमा सडक सडक चौडा गर्न बिधुतिय र टेलिफोनका पोलहरु स्थानान्तरण र ए. बि. सि. केबल जडान, बिदुरमा घरहरुमा छोयो छोयोको अवस्थामा रहेको ११००० भोल्टको बिधुत लाइन जनताको माग र आवश्यकता अनुसार स्थानान्तरण , नयां खानेपानी योजना स्वीकृत गराइ सडक दायाँ बायाँ नाली बाहिरबाट पाइप लाइन बिस्तार जस्ता अति नै महत्वपूर्ण कार्यहरु स्थानीय सरोकार समितिको संयोजकको हैसियतबाट सम्पन्न गरि नगरको सुन्दरता बढाइएको थियो। त्यसै गरि टेलि हेल्थ सेन्टर गेर्खुटारको वोर्ड सदस्य , २०४४ देखि ०५४ सम्म बिदुर नगर पालिकाको सल्लाहकार , पोस्ट बहादुर वोगटी स्मृति पार्क पिपलटार निर्मान उपभोक्ता समितिको अध्यक्ष , २०५४ देखी संवादकुञ्ज नुवाकोटको वोर्ड सदस्य , २०५८ देखी ॐ श्री गोसाइँकुण्ड ब.स.सं.लि.को सदस्य, सचीव हुँदै २०७६ कार्तिकबाट अध्यक्ष, २०७६ देखि जिल्ला सुशासन समितिको सदस्य समेतको जिम्मेवारी बहन हुँदै आउने क्रममा के कति सबल र दुर्वल पक्षहरु रहे भन्ने कुराको लेखाजोखा र स्वतन्त्र मुल्यांकन समयले गर्ने नै छ ।

कुनै पनि उमेर समुहको मानिससंग छिटै हेलमेल गर्न सक्ने बिशेषता म मा छ भन्ने लाग्दछ । म नास्तिक चाहिँ होइन ता पनि मुर्ति पुजाको खासै अर्थ छैन भन्ने लाग्दछ । धर्म त्यो हो जसले आत्मा र पराआत्मा चिन्दछ । बिबिध स्वरुप र बुट्टाहरु निर्माण(कुंद्न) गर्न सक्ने कलाकारहरूलाई हृदय देखि नै सम्मान गर्न मन लाग्दछ । तिनै कला र प्राकृतिक सुन्दरताको प्रचार प्रसारको माध्यामबाट आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गरि राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न सकिने छ । भुत प्रेत, धामी झाँक्री , कुरिती , कुसंस्कार र अन्य बिश्वासको विरुद्धमा अभियान चलाउन नितान्त आवश्यक रहेको छ ।

बिदुर नगर पालिका, उधोग वाणिाज्य संघ, ने. रा. शि. संगठन र विभिन्न पत्रपत्रिकाहरुमा लेख रचनाहरु प्रकाशित भएका छन । त्यसै गरि “बिदुर नगरि मुख्य सडक संरचना बिस्तार एक स्मरण“ नामक किताब प्रकाशन भएको छ ।
अन्तमा आफ्नो ६१ बर्षको अन्तरालमा भएका बिबिध गतिविधिहरुलाई संक्षेपमा प्रकाश पार्ने जमर्को गरेको छु। लकडाउनको सदुपयोग गरि लेखिएको बिगत झल्काउने लेखबाट सकारत्मक प्रभाव छाडेमा खुसी र नकरात्मक रहेमा क्षमायाचना गर्दछु ।

लेखक पण्डित सामाजिक आभियान्ताका साथै पुर्व शिक्षक हुन ।

प्रतिक्रिया