हावाघरमा लक्ष्मिप्रसाद देबाकेटाको शालिक अनाबरण ,सार्बजानिक धारोको समेत उद्धघाटन

विदुर खबर २०७५ असार ३० गते ९:२४

हावाघर÷बिदुर नगरपालीका वडा नम्बर ४ को हावाघर चोकमा महाकबि लक्ष्मिप्रसाद देबाकेटाको शालिक अनाबरण गरिएको छ ।
बिदुर नगरपालीका वडा नम्बर ४ को सहयोगमा देबकोटाको शालिक अनाबरण गरएको हो । शालिकको अनाबरण गर्दै बिदुर नगरपालीकाका प्रमुख सञ्जु पण्डितले अन्य जनप्रतिनिधिहरुलाई समेत मार्गदर्शनको रुपमा बिदुर नगरपालीका वडा
नम्बर ४ रहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरु काम गर्नको लागी अग्रसर रहेता पनी बिभिन्न बाहानामा बाधाहरु आउनो गरेको बताउनुभयो । मेयर पण्डितले नगरपालीकाले सबै वडाहरुमाजनताहरुले चाहे अनुसारको कामको सुरुवात बिदुर नगरपालीका वडा नम्बर १ र ४बाट सुरु भएको बताए ।कार्यक्रममा बिदुर नगरपालीकाकी उपप्रंमुख गिता दाहाल अर्यालले साहित्यक ब्यक्तिहरुको सम्मन स्वरुप शालिक निर्माण गरिएको बताउनुभयो । उपमेयर दाहालले साहित्य क्षेत्रमा लागेकाब्यक्तिहरुको सम्बद्र्धंन गर्दै नगरपालीका भित्र रहेकाम साहित्यकारहरुको खोजिको सुरुवात भएको उल्लेख गरे ।

Advertisement

यस्तै, कार्यक्रममा बिदुर नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले ससाना कार्यहरुबाट नगरपालीकाको बिकासमा लाग्नु पर्ने समय आएको बताउनुभयो । श्रेष्ठले  सिमित श्रोत तथा साधनहरुबाट समुदायमा भएका भौतिक तथा
पुर्बाधारहरुको बिकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष राममणि अधिकारीलेहावाघर चोकमा स्थापना भएको लक्ष्मिप्रसाद देबकोटाको शालिmकले वडा नम्बर
४ को शोभा बढाएको बताउनुभयो । देबकोटाको शालिक निर्माणले साहित्यक मनहरुको
सम्मान भएको अधिकारीले बताउनुभएको छ ।

यसैबिच आजै हावाघरमा नै निर्माण गरिएको सार्बजानिक धारोको समेत उद्धघाटन
गरिएको छ । स्थानिय समाजसेवि धननारायण चित्रकारले डिप बोरिङबाट उपलब्ध
गराएको पानीलाई बिदुर नगरपालीका वडा नम्बर ४ को कार्यालयले हावाघर सम्म
पानीलाई पुराएको हो ।

Advertisement

प्रतिक्रिया