आजबाट सेयर कारोबार खुल्दै
नुवाकोट । कोरोना भाइरसको कारण लामो समयदेखि बन्द रहेको सेयर बजार आजबाट खुल्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै बन्द भएको सेयर बजार लकडाउन खुकुलो भएपछि खुलेको हो । धितोपत्र बजारमा सेयरको खरिद बिक्री मंगलबादेखि हुने भएपछि बजारसँग सम्बद्ध संस्थाहरू भने आइतबारदेखि नै खुलेका थिए । बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रणको संयन्त्र बनाएर नयाँ व्यवस्थासहित मंगलबारदेखि सेयर कारोबार हुनेछ । आइतबार र सोमबार आवश्यक तयारी गरी मंगलबारदेखि सेयर कारोबार खुलाउने अर्थात मेरो सेयरमा नजोडिएका लगानीकर्तालाई मेरो सेयरमा आवद्ध हुन तथा कनेक्स आइपिएसमा आवद्ध हुनका लागि समय उपलब्ध गराएको हो ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई आगामी आइतबारदेखि कार्यालय तथा मंगलबारदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा कारोबार संचालन गर्न निर्देशन दिएको थियो । चैत १० गतेदेखि बन्द रहेको सेयर बजार ५० दिनपछि खुलृको हो । बोर्डले डिजिटल कारोबारका लागि ब्रोकर तथा नेप्सेलाई प्रोत्साहन गर्ने निर्देशन दिएको छ । सरकारले लकडाउनलाई केहि खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बीमा र धितोपत्र तथा सहकारी संस्था मार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर कारोबार सुचारु हुन लागेको हो ।
बोर्डले बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै नेप्से परिसूचक दुई प्रतिशत घटेवा बढे सर्किट ब्रेकरको प्रयोग गरी बजार बन्द गर्ने व्यवस्था गरेको छ । कोरोनाको प्रभाव रहुन्जेल यो व्यवस्था लागु हुनेछ । त्यसैगरी बोर्डले कम्पनीको सेयर कारोबारको हकमा १० प्रतिशतसम्म मूल्य तलमाथि गर्न सकिने व्यवस्थालाइ घटाएर ३ प्रतिशतमा झारेको छ ।
सेयर मूल्यमा ३ प्रतिशत घटबढ हुुने व्यवस्था गरिएको छ । यसअघि अघिल्लो दिनको कारोबार मूल्यमा ५ प्रतिशतसम्म वढाएर वा घटाएर कारोबार गर्न सकिने व्यवस्था थियो । त्यसलाइ यो अवधिमा एक प्रतिशतमा मात्र सिमित गरीएको छ भने कारोबार सुचारु भइसकेपछिको कारोबारमा २ प्रतिशतभन्दा धेरै सेयर मूल्य घटबढ गरेर मात्र कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यो व्यवस्था भने विगतकै कायम राखेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया