अतिक्रमित नेपाली भूमि फिर्ताको माग गर्दै पन्कन्यामा प्रदर्शन

विदुर खबर २०७७ वैशाख २९ गते २१:३३

नुवाकोट । भारतले नेपाली भूमि लिपुलेकमाथि एकतर्फीरूपमा सडक निर्माण गरेको विरोधमा आज पञ्चकन्या गाउपालिका वडा नं १ मा विरोध जुलुस तथा प्रदर्शन गरिएको छ ।

Advertisement

सचेत नागरिक पञ्चकन्या १ नुवाकोटको आयोजनामा भएको बिरोध जुलुस पञ्चकन्या वडा नं २ सहरेटार सम्म पुगेर सुरु भएकै स्थानमा आएर समापन भएको थियो ।
जुलुसमा भारतीय विस्तारवाद मुर्दाबाद लिपुलेक हाम्रो हो, कालापानी हाम्रै (नेपालकै) हो, लिम्पियाधुरासम्म हाम्रै हो, भारतीय विस्तारवाद–मुर्दावाद, भारतीय सेना कालापानी छोड, सीमा अतिक्रमण–बन्द गर, आदि नारा लगाउँदै अगाडि बढेको थियो ।

सबै प्रमाणले लिपुलेक–कालापानी लिम्पियाधुरासम्मको क्षेत्र नेपालको हो भनी प्रस्ट हुँदाहुँदै भारतले कब्जा गरी राख्नु भारतको विस्तारवादी हेपाहा प्रवृत्ति रहेको सचेत नागरिकक पञ्चकन्या १ का सदस्य तथा समाजसेवी भगवान पौडेलले बताए । उनले आफ्नो भुमी फिर्ता लिन सबै नेपाली एक जुट भएर लाग्नु पर्ने बताए । नेपाल सरकारले देशको भूमि फिर्ता लिने साहस नगर्नु नालायकी र लाचारीपन रहेको समेत उनले बताए ।

Advertisement

भारतले अतिक्रमित सबै नेपाली भूमि नेपाललाई फिर्ता माग गर्दै पौडेलले अतिक्रमित भूमि फिर्ता लिन बिरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

प्रतिक्रिया