नेविसंघका अध्यक्षसहित सयभन्दा बढी पक्राउ
विदुर खबर
२०७७ वैशाख २९ गते १८:०५

काठमाडौँ । नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने क्रममा नेविसंघका अध्यक्ष राजीव ढुंगानासहित सयभन्दा बढी पक्राउ परेका छन् ।
नेविसंघको आयोजनामा सोमबार मण्डलामा विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । लकडाउनबीच प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महमन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दिपक भटराई, प्रभात दाहालसहित नेता, कार्यकर्ता पक्राउ परेका हुन् ।
उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया