नुवाकोटमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न वानहार्टको सहयोग

कोलनी । नुवाकोटमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गैरसरकारी संस्था वान हार्ट वर्डवाइडले जिल्लाका १२ वट्टै गाउँपालिका र ८२ ओटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
जिल्लामा १२ ओटा स्थानिय तहमार्फत ६ लाख ६० हजार ८ सय ८१ रुपैया बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको वान हार्ट वर्डवाइड नुवाकोटका जिल्ला संयोजक राकेशकुमार यादवले जानकारी दिए । जिल्लाभरका सबै स्थानिय तह र स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा प्रदान गर्नुको साथै आमा र बच्चाहरुले गाउँगाउँमै सेवा पाउन् भन्ने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरिएको यादवले बताए ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा उपचारमा सुरक्षित स्वास्थ्य सेवालाई प्रर्वद्दन गर्ने उद्धेश्यले स्वास्थ्य सामाग्री वितरण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले बताए । त्यस्तै स्वास्थ्य कार्यालय नुवाकोटका कोभिड फोकल पर्सन जर्नादन सिलवालले आमा र बच्चाको स्वस्थ्य राख्न वितरण गरिएको सामाग्री प्रभावकारी हुने उल्लेख गरे । वितरण गरिएका सबै स्वास्थ्य सामाग्री सबै स्वास्थ्य संस्थामा शुक्रबार नै पुगीसकेको बताइएको छ ।
वान हार्ट वर्डवाइजले विगत २ वर्षदेखि आमा र बच्चाको गुणस्तरीय स्वास्थ्य उपचारको लागि नुवाकोटमा काम गर्दै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया